२४ असार २०८३, बुधबार

अन्तर्राष्ट्रिय योग शिक्षकको सूचीमा नेपालीको नाम

कात्तिक १७, २०७७
अन्तर्राष्ट्रिय योग शिक्षकको सूचीमा नेपालीको नाम

नेपालका योग प्रशिक्षकलाई विश्वका योग प्रशिक्षकको समुह ‘योग अलायन्स ईन्टरनेशल’ तथा ‘योग आलायन्स अष्ट्रेलिया’ ले अन्तर्राष्ट्रिय जगत्का प्रभावशाली योग शिक्षकको सुचीमा दर्ता गरेको छ ।
  योगी आचार्य राजन शर्मालाई ‘मास्टर योग टिचर’ को उपाधि दिँदै अलायन्सले आफ्नो वेबसाईटमा उनको विवरण सार्वजनिक गरेको हो । दुई हजार ५०० घण्टा भन्दा बढी योग प्रशिक्षण अनुभव हासिल गरेको वा  योग, ध्यान, प्राकृतिक उपचारको क्षेत्रमा दीर्घ अनुभव हासिल गरेका वा योग विधामा शोध, अनुसन्धान र  लामो उपलब्धि ग्रहण गरेका योगगुरु, स्वामी तथा विशेषज्ञलाई यो उपाधि दिने अलायन्सको प्रावधान छ ।

हालसम्म विश्वभर २९ जना अन्तर्राष्ट्रिय योग गुरुलाई यो शीर्षकमा दर्ता गरेको  ‘योग अलायन्स वल्र्ड’ले जनाएको छ । यस अघि यो क्षेत्रमा योगदान दिने नेपाली योगीलाई अन्य शीर्षकमा मात्र दर्ता गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्