×

NMB BANK
NIC ASIA

निरन्तर बढ्दै गएको शेयर बजारमा जोखिम कति ? विज्ञ भन्छन्, जोशमा होश नगुमाउनुस् !

सोमवार सामान्य ‘करेक्सन’

मंसिर ८, २०७७

NTC
Premier Steels

पछिल्ला केही दिनदेखि निरन्तर उकालो लागिरहेको शेयर बजारमा सोमवार सामान्य ‘करेक्सन’ भएको छ । 

Muktinath Bank

सोमवार नेप्से परिसूचक २.३८ अंक घटेर १७८०.४३ बिन्दुमा झरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस दिन सेन्सेटिभ इन्डेक्स ०.१२ अंक घटेको छ भने फ्लोट इन्डेक्स ०.०१ अंक बढेको छ ।


Advertisment
Nabil box
Kumari

नेप्से ओरालो लागेपनि कारोबार भने उत्साहजनक नै देखिएको छ । 

Vianet communication

सोमवार १९९ कम्पनीको ४६ हजार २४० पटकको कारोबारमा ४ अर्ब ७६ करोड २७ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड २० लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन चार उपसमूहको परिसूचक भने बढेको छ, जसमध्ये होटल र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक क्रमशः ३.७७ प्रतिशत र ३.५८ प्रतिशत बढेको छ । त्यसैगरी, यस दिन व्यापार उपसमूहको परिसूचक १.४१ प्रतिशत र बैंकिङको ०.४५ प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा सोमवार नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ३० करोड २२ लाख ७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

कोरोना महामारीका कारण !

कोरोना महामारीका बीचमा अन्य क्षेत्रमा लगानी नहुँदा शेयर बजारमा लगानीकर्ताहरू आकर्षित भएको विश्लेषकहरूको भनाइ छ ।

बजार विश्लेषकहरूका अनुसार अन्य क्षेत्रमा लगानी नहुनु र शेयर बजारमा लगानी सुरक्षित देखिनुका कारण पछिल्ला दिनमा यसतर्फ लगानीकर्ताको आकर्षण बढेको हो । 

शेयर बजार विश्लेषक विष्णु बस्याल पछिल्ला दिनमा अन्य क्षेत्रमा लगानी नहुँदा बैंकमा तरलता पर्याप्त भएको र शेयर बजारमा लगानी बढेको बताउँछन् । 

लोकान्तरसँग उनले भने, ‘कोरोनाका कारण अहिले कुनै पनि क्षेत्रमा लगानी गर्न लगानीकर्ता इच्छुक छैनन्, जसका कारण बैंकमा तरलता पर्याप्त छ । यसो हुँदा शेयर बजारमा लगानी आउन गयो ।’

उनका अनुसार मानिसहरूसँग भएको रकम पनि अन्त खर्च नगर्दा यो क्षेत्र सुरक्षित देखिएका कारण यस क्षेत्रमा मानिसहरूले लगानी बढाएका हुन् । 

पूँजी बजारमा सूचीकृत भएका कम्पनीहरूको वित्तीय अवस्था धरासायी नभएको र उनीहरूले नाफा कमाइरहेको हुँदा कोरोनाको त्रास हराएको र लगानीकर्तामा आत्मविश्वास बढेको देखिएको विश्लेषक बस्याल बताउँछन् । 

उनले भने, ‘अहिले बजारमा सूचीकृत कम्पनीहरूमा होटल क्षेत्रबाहेक अन्य क्षेत्रहरूको अवस्था खस्किएको देखिएको छैन, केही कम भयो होला तर घाटामा नै गएको छैन । त्यसकारण जनमानसमा कोरोनाका कारण व्यापार खस्कन्छ, जोखिम बढ्छ भन्ने सोच थियो, अहिले त्यो हरायो, जसका कारण पनि लगानीकर्ता लगानीमा आकर्षित भए ।’ 

अहिले शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्नु स्वाभाविक नै भएको बजार विश्लेषक अम्बिकाप्रसाद पौडेलले बताए । 

उनले भने, ‘गत वर्ष यही समयमा बजार १६६८ बिन्दुसम्म आएको अवस्था छ । कोभिडको कारणले लगानीकर्ता अलि हच्किएको अवस्था थियो । अब अहिले सूचीकृत भएका कम्पनीहरूको अवस्था छ, यसरी बजारमा कारोबार बढ्नु अस्वभाविक होइन ।’ 

उनले महामारीका बीचमा प्रविधिको उच्चतम प्रयोग गर्न पाउँदा पनि शेयर बजारलाई थप टेवा मिलेको बताए । 

उनले भने, ‘पहिले जस्तो दिनभर लाइन लाग्नुपर्ने अवस्था भए महामारीमा त कारोवार ठप्प नै हुन्थ्यो । तर अहिले त कम्प्युटर, ल्याप्टपबाट घर तथा अफिसमै बसेर कारोबार गर्न सकिन्छ, यसको प्रभाव पनि हो ।’ 

इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार पछिल्ला दिनहरूमा शेयर बजार सुखद् रहेको बताउँछन् ।

सोमवार सामान्य अंकमा शेयर बजारमा करेक्सन भएको बताउँदै उनले केही समय बजार तल झर्ला कि भनेर डराउनु नपर्ने बताए । 

शेयर बजारमा ४ वर्षको बढ्ने घट्ने चक्र हुने भन्दै उनले ४ वर्षसम्म पूँजी बजार बढ्दै जाने र ४ वर्षपछि घट्दै जाने अवस्था अहिले पूरा भएको बताए ।

यस्तै बैंकहरूको ब्याजदर घट्दा शेयर बजारमा लगानी बढेको उनले बताए । 

उनले भने, ‘बैंकको ब्याजदर बढ्दा शेयर बजारमा लगानी घट्ने र ब्याजदर घटेमा पूँजीबजार बढ्ने अवस्था रहन्छ ।’ 

बजारमा जोखिम कति ? 

शेयर बजार विश्लेषक बस्याल अबको केही समय बजारमा जोखिम नदेखिएको दाबी गर्छन् । उनले भने, ‘अबको ३/४ महिना बजार खस्कने कुनै पनि कारण मैले देखेको छैन, यो उत्साह जागिरहन्छ ।’ 

बजारमा तत्कालका लागि केही समय नदेखिएको बताउँदै उनले अबको केही समयसम्म लगानीकर्ताहरूलाई जोखिम वा चुनौती नदेखिएको बताए ।

उनका अनुसार नेप्से परिसूचक २ हजार १ सय वा सोभन्दा केही बढी बिन्दुसम्म पुगेको अवस्थामा पनि समस्या हुँदैन । उनले भने, ‘२१ सय/२२ सय सम्म पुगेमा पनि कुनै समस्या देखिँदैन । त्यो भन्दा माथि पुग्यो परिसूचक भने चाहिँ अवस्था फेरबदल हुन सक्छ ।’ 

शेयर बजार विश्लेषक पौडेल शेयर बजारमा घटबढको श्रृङ्खला चलिरहने भन्दै कोरोनालाई छिचोल्दै अन्य क्षेत्रमा लगानी बढ्दै जाँदा बैंकमा तरलता प्रवाह हुने र शेयर बजारमा पनि केही तलमाथि हुन सक्ने बताए । यद्यपि बजार अहिले नै तल घट्ने कुनै अवस्था नरहेको उनी बताउँछन् । 

जोसमा होश गुम्ने खतरा कति ? 

शेयर बजारमा बढ्दो आकर्षणका कारण नयाँ लगानीकर्ताहरू पनि क्रमशः थपिँदै छन्, जसले शेयर कारोवारलाई थप उचाइमा पुर्‍याउँछ । यद्यपि नयाँ लगानीकर्ताहरूले पनि जोशमा होश गुमाउन नहुने विश्लेषकहरूको भनाइ छ । 

विश्लेषक बस्याल नयाँ लगानीकर्ताहरूलाई अहिले लगानीका लागि कुनै जोखिम नरहेको भएपनि आफूले लगानी गर्न चाहेको कम्पनीको बारेमा सुक्ष्म अध्ययन गरेर अगाडि बढ्नुपर्ने बताउँछन् । उनले अहिले जलविद्युत् क्षेत्रलाई छाडेर अन्य क्षेत्रमा लगानी गर्नुपर्नेमा समेत जोड दिए । 

अहिले लगानीकर्ताहरूले निर्धक्क भएर लगानी गर्ने वातावरण भएको उनको भनाइ छ । उनले भने, ‘अहिले किनेर १०/१५ दिनभित्रैमा नाफा कमाउँछु भन्ने हो भने त उनीहरूले सोच्नुपर्छ र केही वर्षका लागि नै हो भने त सबै क्षेत्रमा राम्रो छ ।’ 

विश्लेषक पौडेल लगानीकर्ताले आफ्नो जोखिम कम गर्नका लागि इन्डेक्सको आधारमा मात्र लगानी गर्न नहुने बताउँछन्  । 

उनले भने, ‘समग्र कम्पनीको अवस्था, कम्पनीले दिने प्रतिफल र कम्पनीले हिजोका दिनमा गरेको पफर्मेन्स र भोलिको अनुमान गरेर लगानी गर्ने हो । राम्रा कम्पनीमा लगानी गर्दा लगानीकर्तालाई घाटा हुँदैन ।’

नेप्सेका सीईओ भन्छन्– प्रविधिले सबथोक गर्‍यो

शेयरबजारमा पछिल्ला दिनहरूमा आकर्ष बढ्दै जानुको मुख्य कारण प्रविधि भएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद बताउँछन् । 

लोकान्तरसँग उनले भने, ‘सबैभन्दा मुख्य कारण प्रविधि हो । महामारीमा बाहिर ननिस्किकन घरमै कम्प्युटरबाट शेयर कारोबार गर्न सकिन्छ, जसका कारण आकर्षण बढ्न गयो ।’ 

विगतका दिनहरूमा शेयर कारोबार गर्न घण्टौं लाइन बस्नुपर्ने अवस्था रहेको स्मरण गर्दै उनले अहिले लगानीकर्ताले युजरनेम र पासवर्ड लिइसकेपछि सबै कारोबार गर्न मिल्ने भएकाले पनि कारोबार बढेको बताए । 

उनले जहाँ बढी नाफा हुन्छ, त्यहाँ बढी जोखिम हुने भन्दै लगानीकर्ताले सबै कुराहरू विचार गरेर लगानी गर्नुपर्नेमा जोड दिए ।

शेयरबजार चलायमान हुँदा सरकारको आर्थिक समृद्धिको यात्रामा सहयोग मिल्ने बताउँदै पछिल्ला दिनहरूमा कारोबार बढ्दै जानु सुखद् भएको उनले बताए । 
 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x