१४ असार २०८३, आइतबार

रमेश विकल साहित्य प्रतिष्ठानद्वारा पुरस्कार विजेताका नाम घोषणा

मंसिर १८, २०७७
रमेश विकल साहित्य प्रतिष्ठानद्वारा पुरस्कार विजेताका नाम घोषणा

नेपाली साहित्यका विराट स्रष्टा रमेश विकलको स्मृतिमा स्थापित विविध पुरस्कारका विजेताको नाम घोषणा गरिएको छ ।

रमेश विकल साहित्य प्रतिष्ठानले बिहीवार विज्ञप्ति जारी गर्दै पुरस्कार विजेताको नाम सार्वजनिक गरेको हो ।

प्रतिष्ठानका अनुसार यस वर्षका पुरस्कारहरू वाङमय (साहित्य), समाजसेवा र कला संगीतका क्षेत्रमा  स्थापित विभिन्न प्रतिष्ठित व्यक्तित्वलाई प्रदान गरिने छ । प्रतिष्ठानद्वारा गठित समितिले गरेको सिफारिस अनुसार सम्मानित हुने प्रतिभाहरूको नाम सिफारिस गरिएको हो ।

प्रतिष्ठानका सदस्य मातृका पोखरेलको संंयोजकत्वमा गठित समितिका सदस्यहरूमा साहित्यकारद्वय कोषराज न्यौपाने र पुरुषोत्तम सुवेदी छन् । जसअनुसार विकल वाङमय साहित्य पुरस्कार वरिष्ठ भाषासेवी शान्तदास मानन्धरलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशी ३० हजार रुपैयाँ रहेको छ ।

यसैगरी २० हजार रुपैयाँ राशीको रमेश विकल सुशीला समाजसेवा पुरस्कार सीता पोख्रेल (अनाथाश्रम विराटनगर) लाई प्रदान गरिएको छ  । रमेश विकल सिर्जना पुरस्कार साहित्यकार तथा सौन्दर्य चिन्तक आहुतीलाई प्रदान गरिएको छ ।

यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार  बालसाहित्यकार प्रभा भट्टराई  र रमेश विकल सुशीला नारी पुरस्कार मिठाइ देवी विश्वकर्मालाई प्रदान गरिएको छ । रमेश विकलको कला प्रतिभालाई सम्मान गर्न स्थापित रमेश विकल कला संगीत पुरस्कार वरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिने निर्णय गरिएको छ । यी सबै पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ ।

यी सम्मान र पुरस्कार आगामी पुस ४ गते प्रदान गरिने प्रतिष्ठानका महासचिव विजय चालिसेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्