भारतीय गायिका नेहा कक्कडले आफू गर्भवती भएको घोषणा शुक्रवार गरेकी छन् । गत अक्टोबर महिनामा रोहनप्रीत सिंहसँग विवाह गरेकी नेहाले प्रशंसकहरूलाई खुशखबर सुनाएकी हुन् ।
सामाजिक सञ्जालमा सुन्दर तस्वीर राखेर उनले बेबी बम्प सम्हाल्दै गर्भवती भएको घोषणा गरेकी हुन् । नेहा तस्वीर एकदमै खुशी देखिन्छिन् ।
नेहा र रोहनप्रीतका प्रशंसकहरूले नेहा साँच्चिकै गर्भवतस् भएकी हुन् कि हैनन् भनी पक्का खबर चाहेका थिए । त्यसो त यो नयाँ गी वा म्युजिक भिडियोको प्रोमो मात्र हुन सक्ने अनुमान पनि छ । उनीहरू दुवैले ख्यालरखाकर ह्याशट्याग चलाएर आफ्नो नयाँ गीतको संकेत दिएका पनि हुन सक्छन् ।
नेहा र रोहनप्रीत गत अगस्ट महिनामा नेहु दा ब्याह गीतको सेटमा भेट भएका थिए र तत्कालै प्रेममा परे ।
अक्टोबर महिनामा उनीहरूको विवाह दिल्लीमा भएको थियो । बिहेलगत्तै हनीमून मनाउन उनीहरू दुबई गएका थिए ।
नेहाले हिमेश रेशममिया र विशाल ददलानीसँग समलेर इन्डियन आइडलको १२औं सीजनको जज गरिरहेकी छन् ।