१० साउन २०८३, आइतबार

कान्छी बुहारीसँगको अवैध सम्बन्धका कारण आफ्नै पत्नी र जेठी बुहारीले ज्यान लिए

पुस ७, २०७७
कान्छी बुहारीसँगको अवैध सम्बन्धका कारण आफ्नै पत्नी र जेठी बुहारीले ज्यान लिए

भारतको उत्तर प्रदेशस्थित भदोही जिल्लाको एक गाउँमा ५५ वर्षीया पुरुषलाई उसकी पत्नी र जेठी बुहारीले हत्या गरेका छन् ।

कान्छी बुहारीसँग अवैध सम्बन्धबारे जानकारी पाएपछि पत्नी र बुहारी मिलेर उनको हत्या गरेका हुन् । 

भदोही प्रहरी अधिरक्षक राम बदन सिंहले भने, ‘मध्यरात कोइराना प्रहरी चौकीमा एक गाउँमा पत्नी र जेठी बुहारी मिलेर प्रहार गरेको र चक्कुले घाँटी रेटेर हत्या गरेको खबर आएको थियो ।’ 

उनले गम्भीर घाइते भएका पुरुषलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । मृतकका चार छोरा थिए ।

सबै प्रवासीका रुपमा मुम्बईमा काम गर्दै आएका थिए । एसपीले भने, ‘चारमध्ये दुई जनाको विवाह भइसकेको छ । दुवै बुहारी गाउँको पोइली घरमा बस्दै आएकी थिइन् ।’

पुरुषले कान्छी बुहारीका साथ अवैध सम्बन्ध बनाएका थिए । जसलाई लिएर उसकी पत्नी र जेठी बुहारीले आपत्ति जनाए । कान्छी बुहारीलाई माइतीमा पठाए ।

केही समयअघि ती पुरुषले कान्छीलाई माइत पठाएको भन्दै जेठी बुहारीमाथि हमला गरेर आँखामा गम्भीर चोट पुर्‍याएका थिए । 

प्रहरीले भनेको छ, ‘कान्छीलाई माइत पठाएको भन्दै आफ्नै पत्नी र जेठी बुहारीलाई ती पुरुषले घरबाटै निकालिदिएका थिए । जसबाट उनीहरु छिमेकीको शरणमा बसेका थिए । जो सोही गल्लीबाट दुईसय मिटरको दूरीमा छ ।’

करिब पाँच दिनअघि कान्छी बुहारीलाई माइतबाट आफूसँग राख्न ल्याएका थिए । शनिबार राति पत्नी र बुहारीले घरभित्रै छिरेर हमला गरेका थिए ।

त्यसपछि कान्छी बुहारी घरबाट भागे प्रहरी चौकी पुगिन् र आफ्नी सासू र जेठानीले ससुरामाथि हमला गरेको बताइन् । 

प्रहरीले जब त्यस व्यक्तिको घर पुगे तब उसको गर्धनमा चक्कुले हमला गरेको पाएको थियो । प्रहरीले उनलाई जिल्ला अस्पताल पुर्‍याएका थिए ।

प्रारम्भिक जाँचका क्रममा प्रहरीले ती पुरुषको आफ्नी कान्छी बुहारीसँग अवैध सम्बन्ध रहेको खुलाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्