
दक्षिण अफ्रीकाको जंगलका एक भोको बाघले गोट्ज नीफ नामका रिसर्चरमाथि आक्रामण गरेर गम्भीर रुपमा घाइते बनाएको छ ।
शरीरमा १६ घाउ लागेपछि मुस्किलले यी रिसर्चरले आफ्नो ज्यान बचाएका छन् ।
दक्षिण अफ्रीकाको बोत्सवाना जंगलमा एक भोको बाघले यी वन्यजन्तु सोधकर्ता नीफमाथि हमला गरेको थियो ।
निकै सघर्षपछि उनले आफ्नो ज्यान जोगाएका छन् । यद्यपि बाघले त्यसबखत उनलाई पूरै तरिकाले गम्भीर घाइते बनाएको छ । अहिले उनको अस्पतालमा उपचार चलिरहेको छ ।
नेशनल ज्योग्राफिक सोसाइटी द्वारा फण्डेड वाइल्ड बर्ड ट्रस्टका आठ व्यक्ति जंगलमा वाइल्डलाइफ रिसर्च गर्न पुगेका थिए ।
जसमध्ये ३२ वर्षीय नीफ पनि सहभागी थिए । ८ डिसेम्बर मध्यरात जब नीफ आफ्नो टेन्टमा सुतिरहका थिए ।
करिब साढे एक बजेतिर बाघले उनीमाथि आक्रमण गरेको थियो । नीफको चिच्याएको आवाज सुनेर अर्को पालमा रहेका उनका साथी बाहिर निस्किएर र बाघलाई धपाउने कोशिस गरे ।