०८ साउन २०८३, शुक्रबार

ननुहाएर खाना खान किन हुँदैन ?

ननुहाएर खाना खान किन हुँदैन ?

हिन्दू धर्मशास्त्रमा स्नान नगरिकन भोजन गर्नु हुँदैन भनिएको छ । शास्त्रमा लेखिएको छ: अस्नायी समलं भुंक्ते अर्थात् ननुहाई भोजन गर्ने मानिसले मल खाए बराबर हुन्छ । 

आजकल पश्चिमको अनुकरण गरेर मानिसहरू यी कुरालाई ध्यान दिँदैनन् तर यसका पछाडि वैज्ञानिक कारण विद्यमान छन् ।

नुहाउँदा शरीरको मल सफा हुन्छ । अनि मञ्जन गर्दा दाँतको फोहर पनि निस्कन्छ । नुहाए पनि शरीर ताजा हुन्छ र स्फूर्ति आउँछ अनि भोक जाग्छ र खाना मजाले पच्छ ।

नुहाएपछि हाम्रो शरीरमा पाचनरस उत्तेजित हुन्छ जसले भोजन पचाउन मद्दत गर्छ जबकि नुहाउनुअघि खाना खाँदा शरीरले भोजन पचाउन अतिरिक्त मेहनत गर्नुपर्छ ।

नुहाउनुअघि झोल पदार्थ मात्र लिएको राम्रो किनकि यी सजिलै पच्छन् । तर ठोस भोजन चाहिँ नुहाएपछि नै लिनुपर्छ ।

salt training

कमेन्ट गर्नुहोस्