फागुन ८, २०८०
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
कृष्ण काफ्ले नेपाली संगीत उद्योगका व्यस्त गायक हुन् । उनी होइन, उनका गीत सधै चर्चामा आउँछन् । तर उनी भने खासै चर्चामा आउन चाहँदैनन् ।
हालै लामो समयपछि लोकान्तरसँग गफिएका गायक काफ्लेले भने, ‘खासमा हाम्रो बिक्ने भनेकै स्वर हो, मलाई अनावश्यक चर्चामा आउन खासै मन पर्दैन ।’
पर्ख पर्ख मायालु, देख न चम्पा, तिम्रो पिक्चर हिट, मैले बोलेको छैन ढाटेर जस्ता दर्जनौं हिट गीतका यी गायक थप्छन्, ‘मैले आफ्नो आवाजमा मेहनत गरें । राम्रो गीत निर्माणमा मेहनत गरें । अनावश्यक चर्चामा आएर आत्मरतिमा रमाउने मेरो बानी छैन र यो मन पर्दैन पनि ।’
दिपकराज गिरीको टेलिभिजन कार्यक्रम ‘तीतो सत्य’मा एकपटक अभिनय गरेका थिए उनले । अभिनय क्षेत्रबाट भविष्य बनाउने योजना पनि नबनाएका होइनन् काफ्लेले । उनी एकाएक अभिनयका कारण होइन, गायनबाट स्थापित भए ।
एक दशकदेखि गायन क्षेत्रमा सक्रिय गायक काफ्ले लोकप्रिताको सूचीमा परेको भने ५ वर्ष हाराहारी मात्रै भएको छ ।
उनी दैनिक २–३ वटासम्म गीत गाउने थोरै गायकको सूचीमा पर्छन् । चिसोका कारण कहिलेकाहीँ गीत रेकर्डिङका लागि जान नसके पनि गीतको अफर भने निकै आउने गरेको उनी बताउँछन् ।
संसारका दर्जनौं मुलुक पुगेका छन् उनी, नेपालका अधिकांश जिल्लामा पुगेर सांगीतिक कार्यक्रम गरेका छन् । राम्रै नाम र दाम कमाएका छन् । काफ्ले भन्छन्, ‘यो सफलताका पछाडि धेरै दुःख र संघर्ष जोडिएका छन् । कुनै बेला सडकमा थिएँ । कपडा बेच्ने कामदेखि अरु धेरै काम गरेको कसलाई थाहा छ र ?’ असाध्यै ठूलो संघर्ष र मेहनतले मात्रै यो सम्भव भएको काफ्लेको प्रतिक्रिया छ ।
उनका अनुसार गायन क्षेत्रमा निकै ठूलो संघर्ष छ, गीतका निर्माताका लागि विकल्प धेरै छन् । यस्तो अवस्थामा प्रतिस्पर्धा गर्नु चानेचुने कुरा पटक्कै होइन ।
गायक काफ्लेले सपना बुन्दै गरेका दिनहरू सुनौला थिए । ‘अग्रजका गीतहरू खुब चाख मानेर सुन्थें । गीतकै तालमा ताल मिलाएर गाउने प्रयास पनि गर्थें,’ उनले सम्झिए । उनले गुनगुनाएका गीतलाई साथीभाइले चाख मानेर सुन्थे, मन पराउँथे । साथीभाइकै प्रेरणा र हौसलाका कारण गायन क्षेत्रमा संघर्ष गर्ने ऊर्जा मिलेको काफ्लेले बताए ।
यति मिठो स्वर कसरी दर्शकसम्म आइपुग्यो ? काफ्लेले विगत सम्झिएर भने, ‘पहिले घरमा झ्याल ढोका बन्द गरेर गाउँथें । पछि स्कूलका कार्यक्रममा स्टेज चढें । बिस्तारै मेला महोत्सव तथा गायन प्रतियोगितामा गीत गाउन थालेपछि दर्शकले मन पराए भन्ने लाग्यो ।’
संघर्षको समयमा काफ्लेलाई ‘गायन–सायन होइन, विदेशै जाऔं क्या हो’ भन्ने पनि भयो । तर उनी हतारिएनन् । विदेश उड्ने सोच आउने बेला शुभचिन्तकले गायन क्षेत्रमा दिएको हौसला सम्झन्थे अनि व्याक हुन्थे उनी ।
गायक काफ्लेलाई सबैभन्दा मन पर्ने कलाकार नारायण गोपाल, भक्तराज आचार्य, उदित नारायण झा लगायत हुन् । यी चर्चित गायकहरूकै गीत आफ्ना लागि प्रेरणाका स्रोत हुन् भन्छन् उनी । त्यसबेला उनले नयाँ गीत कहिले आउँछ, कुन रेडियोबाट बज्छ सोधिखोजी गर्दै चक्का आउने बित्तिकै किन्थे, सुन्थे ।
अहिले उनका गीतहरू ‘ब्याक टु ब्याक’ आइरहेका छन् । हालै गायक काफ्लेले राष्ट्रपतिबाट पदक समेत पाएका थिए । त्यसबेला उनको निकै आलोचना समेत भयो । कुरा समेत काटे । तर उनी यो कुरालाई सामान्य रूपमा लिनुपर्ने बताउँछन् । उनी थप्छन्, ‘संगीत उद्योगमा सहयोग गर्ने, एकले अर्काको राम्रो बोल्ने, हौसला दिने सिस्टम बसेको भए कुन कलाकारका लागि दुःख गर्नुपर्थ्यो र ?’
उनले पदकको आफ्नै महत्त्व भएकाले अनावश्यक हल्लाका पछि लाग्न नहुने प्रतिक्रिया दिए । ‘म आफैलाई पदक पाउँदैछु भन्ने थाहा थिएन । पत्रिकामा नाम आएपछि थाहा पाएको हुँ,’ उनी थप्छन्, ‘यो पदकले मलाई गायन क्षेत्रमा अरु धेरै जिम्मेवार बनाएको छ ।’
सधै स्टेज कार्यक्रममा समय बिताउने गायक काफ्लेलाई स्टेज कार्यक्रम खुब मिस भइरहेको छ । उनी भन्छन्, ‘हजारौं दर्शकहरूको माझमा गएर नाच्दै नचाउँदै गरेपछि एक किसिमको खुशी पनि मिल्थ्यो । तर अब कहिले हो त्यो पत्तो भएन । म आफू पनि दर्शकहरूसँग घुलमिल हुन धेरै नै रुचाउँछु । त्यसैले सांगीतिक क्षेत्र कहिले खुल्ला जस्तो भएको छ ।’
कोरोनाको औषधि आइसकेकाले अब छिट्टै संगीत उद्योग पनि चलायमान हुने र देश–विदेशका दर्शकसँग साक्षात्कार गर्न सकिने उनको विश्वास छ ।
लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् । उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...