१२ साउन २०८३, मंगलबार

संसारका सबैभन्दा महंगा किताब, एउटैको मूल्य ३२० करोड

पुस १२, २०७७
संसारका सबैभन्दा महंगा किताब, एउटैको मूल्य ३२० करोड

किताबको मूल्यको महत्त्व त्यसलाई पढ्ने मानिसले मात्र बुझ्न सक्छन् । तर एउटा किताब कति महंगो हुन सक्छ भनी कसैले अन्दाज गर्न सक्दैन ।

यहाँ हामी तपाईं केही किताबका बारेमा बताउँदैछौं जसको मूल्य सुनेर तपाईंको दिमाग एकचोटि त चक्कर खान्छ ।

यी किताबहरूको मूल्य यति धेरै छ कि कसैले पनि यिनलाई किन्न सक्दैन । हरेक वर्ष ब्लूम्स्बरी अक्सनमा मानिसहरूले विभिन्न किताबको लिलाम बढाबढमा बोली लगाउँछन् ।

द कोडेक्स लिसेस्टर

लियानार्दो दा भिन्चीको यो पुस्तकको मूल्य करीब ३२१ करोड रुपैयाँ छ । दा भिन्चीको हस्तलिखित पाण्डुलिपिसहितको यो वैज्ञानिक जर्नल जम्मा ७२ पानाको छ ।

यस किताबलाई संसारका सबभन्दा धनी व्यक्ति बिल गेट्सले त्यति धेरै मूल्य तिरेर किनेका हुन् ।

द गोस्पेल अफ हेनरी द लायन, अर्डर अफ सेन्ट बेनेडिक्ट

यसको मूल्य करीब १२० करोड रुपैयाँ छ । ईशाको १२औं शताब्दीमा रोमन संस्कृतिको यो धार्मिक पुस्तकलाई जर्मन सरकारले त्यति मूल्य तिरेर किनेको थियो ।

बर्ड्स अफ अमेरिका

जेम्स अडबनको यो पुस्तकको मूल्य लगभग ११६ करोड रुपैयाँ छ । सन् २०१० मा यसको दोस्रो संस्करण लन्डनमा लिलाम बिक्री भएको थियो र एक खरिददारले त्यति धेरै पैसामा यसलाई किनेका थिए ।

द क्यान्टरबरी टेल्स

जोफ्रे चोसरको यो पुस्तकको मूल्य लगभग ७७ करोड रुपैयाँ छ । सन् १९९८ मा लन्डनमा लिलाम बिक्री गरिएको यो पुस्तक त्यति मूल्यमा बिकेको थियो ।

फर्स्ट फोलियो

महान् नाटककार विलियम शेक्सपियर यो पुस्तक लगभग ६३ करोड रुपैयाँमा बिकेको थियो । सन् २००१ म न्युयोर्कमा भएको लिलामीमा माइक्रोसफ्टका सहसंस्थापक पल एलनले यसलाई त्यति मूल्य तिरेका थिए ।

गुटेनबर्ग बाइबल

लगभग लगभग ४९ करोड रुपैयाँमा यो किताब सन् १९८७ मा बिकेको थियो । संसारको पहिलो मुभेबल छापाखानाका जम्मा ४८ प्रति छापिएको यो पुस्तकको एक प्रति त्यति धेरै मूल्यमा किनिएको हो ।

लुइस डुहमेल डु मोनकाउ

पियरे एन्टोनीले लेखेको यो पुस्तक करीब ४८ करोड रुपैयाँमा बिकेको थियो । फल लाग्ने बोटहरूका बारेमा लेखिएको यो पुस्तकको पाँच खण्डहरू छन् ।

जियोग्राफिया कस्मोग्राफिया

क्लडियस टलेमीको यो किताब लगभग ४२ करोड रुपैयाँमा बिकेको थियो । संसारको सबभन्दा पहिलो छापिएको एटलस हो यो । लन्डनमा भएको लिलामीमा यसको त्यति धेरै मूल्य तिरिएको थियो ।

द टेल्स अफ बीडल द बार्ड

ह्यारी पोटर शृंखला लेखेर ख्याति कमाएकी जेके रोलिङको यो किताबको मूल्य करीब ४१ करोड छ ।

रोलिङले यो किताबको सात मूल प्रति बनाएकी थिइन् र हरेक प्रति तथा त्यसका रेखाचित्र आफ्नै हातले बनाएकी थिइन् ।

यसको ६ प्रति उनले आफ्ना साथी र सम्पादकहरूलाई बाँडिदिइन् भने एक प्रति चाहिँ उनले अमेजन डट्कममा लिलामी गर्न राखिन् । त्यहीँ यो पुस्तक त्यति धेरै मूल्यमा बिक्यो ।

द फर्स्ट बूक अफ युरिजेन

बेलायती कवि विलियम ब्लेकको यो पुस्तक करीब २७ करोड रुपैयाँमा बिक्यो । सन् १७९४ मा यसको जम्मा आठ प्रति तयार गरिएको थियो ।

सन् १९९९ मा किताब संग्रह गर्न मन पराउने एक व्यक्तिले यसलाई त्यति मूल्य हालेर किनेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्