
प्राय हाम्रो दिमागमा एक प्रश्न घुमिरहेको हुन्छ । के एलियन हुन्छन् ? यदि हुन्छन् भने उनीहरु कस्ता देखिन्छन् ।
के हलिउड फिल्ममा देखाइएका जस्ता वा बलिउड फिल्म ‘कोही मिलगया’ मा देखाइएको जादू जस्तै देखिन्छन् ।
अनेक प्रश्न भए पनि अहिलेसम्म जवाफ भने भेटिएको छैन । अधिकांश फिल्मका माध्यमबाट एलियन मानवभन्दा शक्तिशाली भएको देखाइन्छ ।
कँही एलियन नै भगवान भएको पनि बताइन्छ । साथै उनीहरुसँग एक सुपर पावर भएको पनि आभास गराइन्छ ।
तर, के फिल्ममा देखाइएको जस्तो एलियन्सको परिचय हो त । एक रिसर्चका अनुसार एलियन्स कुनै विचित्र जीव जस्तो नभई मानिसजस्तै देखिने खुलाशा भएको छ ।
अक्सफोर्डका वैज्ञानिकले इभोल्यूशनरी थ्योरीका माध्यमबाट एलियन जीवनबारे पत्ता लगाएका छन् ।
यस थ्योरीको प्रयोग गर्दै उनीहरुको जीन्दगी पनि मानिसको जीवनजस्तै चलिरहेको निष्कर्ष निकालेका छन् ।
एलियन्सको जिन्दगी पनि मेकानिजम हुँदै चलिरहेको छ । एलियनको जीवनलाई पृथ्वीमा भएको मानव जीवनको उत्पत्तिसँग पनि जोडिएको छ ।
पृथ्वीमा मानव उत्पत्तिका कैयौं थ्योरी छन् । तर, हालसम्म एक कोषिय जीवबाटै मानव विकास भएको दाबीलाई सबैभन्दा बढी महत्व दिँदै आएको छ ।