०७ साउन २०८३, बिहीबार

सोल्टिनीको सफलतापछि सुनिलले ल्याए ‘दिउँला माया तिमीलाई’ (भिडियो)

सोल्टिनीको सफलतापछि सुनिलले ल्याए ‘दिउँला माया तिमीलाई’ (भिडियो)

लोकपप गायक सुनिल गिरी र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘दिउँला माया तिमीलाई’ को भिडियो सार्वजनिक भएको छ ।

‘दिउँला माया तिमीलाई’ सोल्टिनीको भाग २ हो ।

तनहुँको चर्चित पर्यटकीय स्थल मानहुँकोटमा छायांकन गरिएको भिडियोमा सुनिल र उर्मिला गुरुङको रोमान्टिक प्रेम कथालाई देखाइएको छ ।

बढ्दो चिसोमा सुनिल र उर्मिला स्पष्ट देखिएको सेताम्मे हिमाल र चिसो सिरेटोकाबिचमा गज्जबसँग खुलेका छन् ।

सुनिलकै शब्द, संगीत रहेको गीतमा कृष्ण विक भान्जाको एरेन्ज रहेको छ ।

सुनिलको निर्देशनमा छायांकन गरिएको भिडियोमा तनहुँमा प्रचलित कौरा भाकालाई देखाइएको छ ।

मगर समुदायमा प्रचलित कौरा भाकालाई कलात्मक तरिकाले सुनिलले आफ्नो शैलीमा ढालेका छन् । 

बिकेक विकको छायांकन र सम्पादन र कलरिंग रहेको गीतको भिडियो गायक सुनिलकै आफ्नै च्यानलबाट बजारमा ल्याइएको हो ।

गायक गिरीका यसअघि सोल्टिनी, को होला त्यो , कस्तो यो मन, रोगै पिरती, मुग्लान्, लगायता गीतहरु चर्चित छन् ।

salt training

कमेन्ट गर्नुहोस्