
एक विनाशकारी एस्ट्रोरोइट (छुद्रग्रह) पृथ्वीतर्फ आउँदै गरेको नासाले चेतावनी दिएको छ ।
करिब दुई सय २० मिटर व्यास भएको छुद्रग्रह नयाँ वर्षको शुरुवातसँगै पृथ्वीतर्फ आफ्नो विनाशकारी कदम बढाइरहेको बताएका छन् ।
नसाका अनुसार २०२० को अन्तिम छुद्र ग्रह जम्मा ३० मिटर व्यासको थियो । पृथ्वीबाट करिब ६ मिलियन किलोमिटरको दूरीबाट बाहिरिएको थियो ।
२०२० गए पनि नयाँ वर्षको पहिलो दिन नै पृथ्वीको नजिकैबाट छुद्रग्रह गुज्रिएको छ ।
हालै एक अर्को छुद्र ग्रह पनि पृथ्वीको नजिकैबाट जाँदैछ । १५ मिटर व्यास भएको यो छुद्र ग्रह पृथ्वीदेखि करिब २० लाख किलोमिटर ताढाबाट जाँदै छ ।
यी स साना छुद्र ग्रह गएपछि एक ठूलो तथा विनाशकारी छुद्रग्रह पृथ्वीसँग ठोक्किनेछ ।
नासाका अनुसार ३ जनवरी पृथ्वीको पछिल्लो क्षेत्रसँग ठोक्किनेछ । २२० मिटर व्यास भएको यो छुद्रग्रह गोल्डेन गेट पुलजतिको लामो छ ।
यसबाट पृथ्वीमा धेरै विनाश निम्तिने नासाले चेतावनी दिएको छ ।