१० असार २०८३, बुधबार

के शिवलिङ्गको अर्थ गुप्तांग  हो ?

के शिवलिङ्गको अर्थ गुप्तांग  हो ?

शिवलिङ्गलाई लिएर अनेकौं भ्रम सिर्जना गरिएका छन् । अझ पश्चिमाको प्रभाव परेकाहरु त यसलाई गुप्तांगसँग जोडेर ब्याख्या गर्दछन् ।

पश्चिमा संस्कृतिबाट प्रभावित विद्वानहरु हिन्दु नै भए पनि आफूलाई अब्बल देखाउन शिवलिङ्गलाई गुप्तांगसँग जोड्दै यसको पूजा गर्नु नै घृणित मान्दछन् । 

यसको एउटा उद्देश्य चलिआएको धर्म र आस्था मास्नु वा आफ्नो संस्कारतर्फ आकर्षित गर्नु नै हो ।

आज हामी तपाइँमाझ वर्षौंदेखि चलिआएको यस विषयको वास्तविकता के हो भन्ने जानकारी गराउने प्रयास गर्नेछौं । 

लिङ्गको अर्थ प्रतिक या चिन्ह भन्ने हुन्छ । उदाहरणका लागि स्त्रीलिङ्ग, पुलिङ्ग वा शिवलिङग । यहाँ स्त्रीलिंङको अर्थ स्त्रीको प्रतिक र पुलिङ्गको अर्थ पुरुषको प्रतिक भन्ने हुन्छ ।

त्यस्तै शिवलिङ्गको अर्थ पनि शिवको प्रतिक भन्ने नै हुन्छ । लिङ्गको तात्पर्य कुनै पनि योनीसँग हुँदैन ।

तर, केहीले आफूलाई अब्बल विद्वान घोषित गर्नका लागि यसको अपव्याख्या गरिएको पाइन्छ । 

शिवलिङ्गको अर्थ यसप्रकार छ 

शून्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुषको प्रतिक भएका कारण नै यसलाई लिङ्ग भनिएको हो । स्कन्द पुराणमा आकाश स्वयम् लाइ नै लिङ्ग भनिएको छ । 

शिवलिङ्ग वातावरणसहित घुमिरहेको धर्ती तथा सारा अनन्त ब्रह्माण्ड (किनकी ब्रह्माण्ड गतिमान ५)को धूरी मानिएको छ ।   
शिवलिङ्गको अर्थ अनन्त पनि हुन्छ जसको न कुनै अन्त्य न कुनै शुरुवात भन्ने हुन्छ । 

ब्रह्माण्डमा केवल दुई वस्तु मात्र छन् । एक ऊर्जा र अर्को पदार्थ । हाम्रो शरीर पनि पदार्थबाट निर्मित हो र आत्मा ऊर्जा हो । 

यसैप्रकार शिव पदार्थ र शक्ति ऊर्जाको प्रतिक बनेर शिवलिङ्गको रुपमा अवस्थित हुन्छन् । ब्रह्माण्डमा उपस्थित समस्त ठोस तथा ऊर्जा शिवलिङ्गमै निहीन हुन्छ ।

वास्तवमा शिवलिङ्ग नै हाम्रो ब्रह्माण्डको आकृति हो । 
 

salt training

कमेन्ट गर्नुहोस्