×

NMB BANK
NIC ASIA

नेकपा विभाजन

सरकार जोगाउन धनगढीमा डेरा जमाउँदै भीम रावल, प्रधानमन्त्रीलाई कुर्दै ओली पक्ष

पुस १९, २०७७

NTC
Premier Steels

भौतिक मन्त्री पठान बोहरालाई बर्खास्त गरेपछि सुदूरपश्चिममा प्रचण्ड–माधव समूह र केपी समूह बीचको विवाद वारपारको स्थितिमा पुगेको छ । 

Muktinath Bank

ओली समूह मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार ढाल्ने योजनामा छ भने प्रचण्ड समूह सरकार जोगाइराख्न कसरतमा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सरकार जोगाउन भीम रावलको कसरत


Advertisment
Nabil box
Kumari

केपी गुटमा खुलेका भौतिक मन्त्री बोहरालाई बर्खास्त गरेपछि प्रचण्ड–माधव समूहले पुस १४ गते आयोजना गरेको देशव्यापी विरोध सभालाई धनगढीमा नेता डा. भीम रावलले सम्बोधन गरे । 

Vianet communication

विरोध सभामा रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरे ।

मन्त्रीलाई बर्खास्त गरेसँगै केपी पक्षका सांसद सरकार ढाल्ने कसरतमा लागिसकेका थिए । सांसदहरू धमाधम केपी गुटमा जान थालेपछि प्रदेश सरकार सङ्कटमा पर्‍यो । 

‘सरकार ‘रेड जोन’मा परेपछि प्रचण्ड–माधव समूहले केन्द्रीय कमिटीलाई गुहार गरेको थियो, त्यसपछि रावल सरकार जोगाउन धनगढी आएका हुन्,’ एक सांसदले भने ।

स्रोतका अनुसार मुख्यमन्त्री त्रिलोचन भट्टविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन उनी निकट सांसदहरूले नै तयारी गरेपछि मुख्यमन्त्री झस्किएका थिए ।

‘भीम रावल सरकार जोगाउन नै धनगढी आएका हुन्, एक प्रदेश सभा सदस्यले लोकान्तरसँग भने, ‘त्यसपछि उनले सक्दो कसरत गरेका छन ।’ 

उनका अनुसार सरकारलाई असहयोग गर्ने सांसदलाई कारवाहीको चेतावनी समेत दिएका छन् । रावलले पार्टीको चौथो बैठक डाक्दै केपी खेमाका प्रदेश अध्यक्ष कर्ण थापा कैलाली जिल्ला अध्यक्ष रतन थापा र एक प्रदेश सभा सदस्यलाई पनि कारवाही गरेका छन् ।

स्रोतका अनुसार आफ्नै समूहका असन्तुष्ट पक्षलाई सरकारमा लैजान मन्त्रीमण्डल विस्तार गर्न रावलले निर्देशन दिइसकेका छन् । 

सरकारका विरुद्ध लाग्ने जोसुकैलाई कडा कारवाही गर्ने निर्देशन दिएको उनी निकट एक सांसदले बताए । 

संसदीय दलको बैठकमा पनि रावल, केपी पक्षकाले गरेनन् हस्ताक्षर 

शनिवारको संसदीय दलको बैठकमा पनि रावल सहभागी थिए। 

तीनवटा निर्णय पारित गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक सकियो ।

बैठकले प्रधानमन्त्रीको कदमविरुद्ध विरोध र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूहलाई समर्थन गर्ने गरी तीनवटा निर्णय गर्‍यो ।

 उक्त निर्णयको समर्थन र विरोधपछि सुदूरपश्चिम प्रदेश सभामा ३६ जना प्रदेश सभा सदस्यहरूको कित्ता क्लियर भयो ।

बैठकमा उपस्थित भएका ६ जना प्रदेश सभा सदस्यले संसद् विघटन गर्ने सरकारको निर्णयको विरोध गर्ने विषयमा हस्ताक्षर गरेनन् । 

३९ जना प्रदेश सभा सदस्य रहेको नेकपा सुदूरपश्चिममा शनिवार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा भने काठमाडौंमा रहेका कारण उपस्थित थिएनन् ।

उनले आफ्नो कित्ता खुलाइसकेका छैनन् । यद्यपि उनलाई केपी ओली समूहले केन्द्रीय सदस्यमा मनोनित गरिसकेको छ । 

हस्ताक्षर नगर्ने ओली पक्षका प्रदेश सभा सदस्य पठानसिंह बोहरा, लीलाधर भट्ट, महेशदत्त जोशी, नेपालु चौधरी, रतन थापा र ग्याल्बुसिंह बोहराले भने बैठकमा रेडिमेड निर्णय भएको भन्दै त्यसको विरोध गरेका थिए ।
अन्य ३० जनाले निर्णयको पक्षमा हस्ताक्षर गरे ।

बैठक लगत्तै नेकपा सुदूरपश्चिम इञ्चार्ज भीम रावलले पत्रकार सम्मेलन गरे । प्रदेश सरकार फेरबदल हुने विषयमा चलेको हल्ला पनि चिरिएको उनले बताए ।

तत्काल सरकार फेर्ने भन्दा पनि त्यसलाई अझ सशक्त बनाउने निर्णय भएको नेता रावलले बताए ।

पत्रकार सम्मेलनमा उनले सरकार नढल्ने दाबी गरे । 

सरकार ढल्ने केपी समूहको दाबी 

एकपटक पनि नसोधी आफूलाई मन्त्रीबाट बर्खास्त गरेको भन्दै बोहराले आपत्ति जनाए ।

काठमाडौंबाट फर्किएलगत्तै शुक्रवार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले सरकारको दिनगन्ती शुरू भएको बताए ।

सके आफैँ, नभए कांग्रेस र जसपासँग मिलेर सरकार ढालेरै छाड्ने रणनीतिमा केपी समूह छ । 

केपी पक्षका एक जना प्रदेश सभा सदस्यले भने, ‘हामीसँग आउने सांसदको संख्या बढ्दै गइरहेको छ, केही दिनमै वर्तमान सरकार अल्पमतमा पर्छ, यदि त्यसो हुन नसके पनि हामी अन्य दलसँग मिलेर सरकार ढाल्छौँ ।’

अर्का प्रदेश सभा सदस्यले भने, ‘अहिलेसम्म हाम्रो रणनीति सफल भइसक्थ्यो, भीम रावलले असफल बनाएका छन् । केही दिनमा प्रदेश अध्यक्ष कर्ण थापा, उद्योग मन्त्री लेखराज भट्ट र प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम आउनुहुन्छ, त्यतिखेर रावलको केही चल्दैन ।’

प्रधानमन्त्री ओली धनगढी आउँदै 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली धनगढी आउने भएका छन् । 

पुस २४ गते धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्न ओली यहाँ आउन लागेको हुन् ।

नेकपा सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओली पुस २४ गते धनगढी आउने लेखेका छन् । 

नेकपा विभाजन भएपछि पहिलोपटक ओली समूहले आयोजना गर्ने जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् । 

‘देशभरमध्ये सुदूरपश्चिम प्रदेशमा हामी कमजोर छौं, त्यसैले हाम्रो संगठनलाई मजबुत बनाउन प्रधानमन्त्री धनगढी आउँदै हुनुहुन्छ,’ ओली समूहका एक सांसदले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x