
पछिल्लो समय मानिसहरु घरमा बिरालो पाल्न निकै शौखिन बन्दै गएका छन् । तन्त्रमन्त्र तथा साधनामा बिरालोलाई नकारात्मक शक्तिको प्रतिक मानिन्छ ।
तन्त्र मन्त्रमा बिरालोकै पूजा हुन्छ । साथै बिरालोको सम्बन्ध भूतप्रेतसँग पनि जोडेर हेरिन्छ । घरमा मात्रै होइन, कतै निस्कँदा पनि बिरालोले बाटो काट्दा अशुभ मान्छन् हाम्रो समाजमा ।
साथै भगाउन कोशिस पनि गर्दछन् । ज्याेतिष तथा वास्तुका दृष्टिले घरमा बिरालाे पटक–पटक आउनुलाई शुभ मानिँदैन ।
नारद पुराणका अनुसार जहाँ बिरालोको खुट्टाको धुलो उड्छ त्यहाँ सकारात्मक ऊर्जाको हानी हुन्छ ।
जसकारण त्यस स्थानमा अशुभ प्रभाप पर्न थाल्छ । जुन घरमा प्राय बिना कारण बिरालो आउन थाल्छ । त्यस घरमा रहने व्यक्तिको स्वास्थ्यमा पनि उतारचढाव आएको देख्न सकिन्छ ।
घरमा अचानक बिरालो आउने जाने गर्नाले घरमुलीलाई मानसिक समस्या बढ्नुका साथै अन्य आपत पनि आइपर्ने नारद पुराणमा उल्लेख गरिएको छ ।
यदि खाना खाने समयमा बिरालो आएर देख्याे भने कष्ट उत्पन्न हुने मान्यता पनि छ । यसै प्रकार बिरालोले घरभित्र मल मुत्र त्याग गरेमा आर्थिक नोक्सान हुन सक्ने पनि बताइन्छ ।
यदि पाल्तु बिरालो अचानक घर छाडेर गएमा पनि भविष्यमा अशुभ घटना हुने संकेत भएको नारद पुराणमा उल्लेख गरिएको छ ।