
तपाईँहरुमध्ये कतिले साइन्स फिक्सन फिल्म इन्सेप्सन हेर्नुभएको छ । यस फिल्ममा अरुको सपनाभित्र पसेर त्यहाँ योजना चोर्ने गरिन्छ । फिल्म क्षेत्रमा यो सबैभन्दा रहस्यमयी फिल्म हो ।
अहिलेसम्म सपना के हो भन्ने वैज्ञानिकले पनि पत्ता लगाउन सकेका छैनन् । सपनाको रहस्यबारे वैज्ञानिक अध्ययन जारी छ । तर, वैज्ञानिकले अहिले यस्तै सपना ह्याक गर्नसक्ने मशिन बनाएको दावी गरेका छन् ।
सपनालाई पनि ह्याक गर्न सकिन्छ ? भन्ने कुरालाई सबैलाई आश्चर्यमा पार्नु स्वभाविकै हो । तर वैज्ञानिकहरुले सपनालाई ह्याक गर्ने डिभाइस बनाएका छन् ।
उक्त डिभाइसबाट अब कसैका पनि सपना ह्याक गर्न सकिने भएको छ । साथै डिभाइसको माध्यमबाटै सपनालाई कन्ट्रोल गर्न पनि सकिने भएको छ ।
एमआईटी वैज्ञानिकहरु यस टेक्नोलोजिमा काम गरिरहेका छन् । उक्त डिभाइरसबाट सपना ह्याक गर्नका साथै सपनालाई बदल्न पनि सकिने छ ।
केहि वैज्ञानिकहरुले भने निदाएको बेला देखिने सपनाले जीवनमा केहि असर नपर्ने बताएका छन् । सन् २०१७ मा लञ्च भएको एमआईटीको ड्रिम ल्याबको ओपिनियन भने फरक रहेको छ ।
वैज्ञानिकहरुले निदाएको बेला देखिने सपनाले वास्तविक जीवनमा पनि असर पर्ने बताएका थिए ।
ड्रिम ल्याब रिसर्चर एडम होरोविट्ज, मानिसहरु आफ्नो जीवनको एक तिहाई समयमा आफूले आफूलाई र आफ्नो जिन्दगीलाई सपनाबाटै एक किसिमले एकदमै मजबुत बनाईसक्ने बताउँछन् ।
अहिले निर्माण भएको डिभाइसबाट सपनाको आवाज समेत रेकर्ड हुन वैज्ञानिकहरुको दाबी छ । रिसर्चका अनुसार निन्द्राबाट ब्युँझनु भन्दा पहिलाको बेला सेन्सर्सको माध्यमबाट सपना बदल्न सकिन्छ ।
इनपुट्सको प्रयोग पछि निन्द्राबाट उठ्नु भन्दा अगाडि त्यसको प्रतिक्रिया पाइन्छ । टेस्ट गर्दा यसबारे पोजेटिभ रिजल्ट आएको वैज्ञानिकहरुले बताएका छन् ।