०६ साउन २०८३, बुधबार
प्रतिनिधिसभा बैठक

विगतमा आफूविरूद्ध सम्पत्ति शुद्धीकरणको हतियार चलाउन लागिएको अर्थमन्त्रीको दाबीमा एमालेको आपत्ति

असार १८, २०८३
काठमाडौं
विगतमा आफूविरूद्ध सम्पत्ति शुद्धीकरणको हतियार चलाउन लागिएको अर्थमन्त्रीको दाबीमा एमालेको आपत्ति

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतमा आफूविरुद्ध सम्पत्ति शुद्धीकरणको हतियार चलाउने कोसिस भएको दाबी संसद्‌मा गरेका छन् । अर्थमन्त्रीको दाबीप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सम्पत्ति शुद्धीकरण विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री वाग्लेले विगतमा आफूलाई समेत सो हतियार प्रहार गर्न खोजिएको बताएका हुन् ।

‘विगतमा यसको व्यापक दुरुपयोग गरिएको थियो, हाम्रै पार्टीका सभापतिविरुद्ध यो हतियार चलाइएको थियो । मविरुद्ध पनि हतियार चलाउन खोजिएको कुरा अहिलेका कर्मचारीले बताएका छन्’, मन्त्री वाग्लेले भने ।

विगतमा फरक विचार राख्ने राजनीतिक दलमाथि सम्पत्ति शुद्धीकरणको हतियार चलाइएको वाग्लेले आरोप लगाए । ‘हामी त्यो गर्दैनौं, विगतमा जे गरिएको थियो । हाम्रो अर्जुनदृष्टि मुलुकलाई ग्रेलष्टिबाट निकाल्ने छ । त्यसका लागि जे जे गर्नुपर्छ गर्ने, जे जे गर्न हुँदैन नगर्ने’, वाग्लेले भने ।

अर्थमन्त्रीको भनाइप्रति नेकपा एमालेले भने संसद्‌मै आपत्ति जनाएको छ । एमाले सांसद गुरू बरालले नियमापत्ति गर्दै अर्थमन्त्रीले अप्रमाणित कुरा गरेको आरोप लगाए ।

‘विगतको सन्दर्भ कोट्याएर मलाई समेत अभियोग लगाउन आँटेका थिए, अहिलेका कर्मचारीले भन्छन् भनेर अर्थमन्त्रीले भन्नुभयो । विगतमा अभियेग के थियो ? को कर्मचारीले त्यस्तो सुनायो ? अर्थमन्त्रीले मनमा लागेको भावना पोख्ने होइन, यथार्थ कुरा भन्नुपर्छ । अप्रमाणित कुरा संसद्‌मा भन्न मिल्दैन’, बरालले भने ।

अर्थमन्त्री वाग्लेले राजनीतिक अभीष्ट पूरा गर्ने उद्देश्यका साथ सम्पत्ति शुद्धीकरणको विषयलाई सशस्त्र हरियारको रूपमा दुरूपयोग गरिएको समेत बरालले आरोप लगाए ।

salt training

कमेन्ट गर्नुहोस्