०२ असार २०८३, मंगलबार

मुसा, झिँगा, उडुस भगाउने घरयासी उपाय, एकपटक प्रयोग गरेर हेर्नुस्

फागुन ६, २०७७
मुसा, झिँगा, उडुस भगाउने घरयासी उपाय, एकपटक प्रयोग गरेर हेर्नुस्

मुसा, झिँगा, उडुस भगाउने घरयासी उपाय, एकपटक प्रयोग गरेर हेर्नुस्

कतिपय घरमा मुसा, झिंगा, उडुस आदिले हैरान कटाएका हुन्छन् । दिनहुँ देखिने यी समस्याबाट मुक्त हुन धेरैले विभिन्न रासायनिक उपाय अपनाउने गर्छन् । तर घरमै यस्ता समस्याहरूको समाधान छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ ।

तर घरमै सजिलै पाइने कुराहरूबाट यस्ता समस्या नियन्त्रण गर्न सकिन्छ र यो प्रकिया निकै सजिलो छ ।

मुसा -मुसालाई पुदिनाको गन्ध मनपर्दैन । यदि तपाई मुसाले गर्दा दिक्क हुनुभएको छ भने, कपासको सानो टुक्रामा पुदिना हालेर मुसा आउने सम्भावित ठाउँमा राख्नुहोस् । यसको गन्धले मुसालाई श्वास फेर्नमा गाह्रो हुन्छ । जस्ले गर्दा मुसा मर्छ ।

साङ्ला - मरिच , प्याज र लसुनलाई पिसेर पानीसँग मिसाएर मिश्रण बनाउनुहोस् । यस मिश्रणलाई साङ्ला आउने ठाउँमा छर्किनुहोस् । यसको गन्धलाई सहन नसकेर साङ्ला भाग्छ ।

झिंगा - झिंगाबाट छुट्कारा पाउनको लागि घरलाई सफा राख्न जरुरी छ । यसका साथै ढोका सधैं बन्द गनुपर्ने हुन्छ । यसो गर्नाले पनि झिंगा आउने समस्या हुन्छ भने, कपासलाई धेरै गन्ध आउने तेलमा डुबाएर ढोकासँगै राख्नुहोस् । तेलको गन्धले गर्दा झिंगाहरु बाहिर जाने गर्छन् ।

उडुस - प्याजको रस उडुसलाई मार्नको लागि राम्रो औषधि हो । यसको गन्धले श्वास फेर्नमा उडुसलाई कठिनाई हुन्छ , जस्ले गर्दा उडुस तुरुन्तै मर्छ ।

माउसुली - माउसुलीलाई घरबाट भगाउने यो निकै नै राम्रो तरिका हो । ५–६ मयुरको प्वाँखलाई भित्तामा टाँस्नाले केही दिनमै माउसुली गायब हुन्छ । मयुरले माउसुलीलाई खान्छ ।

यसै कारणले गर्दा छेपारो मयुरको प्वाँख देख्ने बितिक्कै भाग्ने हुन्छ । यदि मयुरको प्वाँख पाउन सक्नुहन्न भने, अन्य चराको प्वाँखलाई पनि हाल्न सक्नुहुन्छ ।

    salt training

    कमेन्ट गर्नुहोस्