२३ असार २०८३, मंगलबार
बृहत् नागरिक आन्दोलन

बालुवाटारमा आन्दोलनकारीमाथि यसरी चल्यो पानीको फोहोरा, फोटो र भिडियोमा हेर्नुहोस्

माघ १२, २०७७
बालुवाटारमा आन्दोलनकारीमाथि यसरी चल्यो पानीको फोहोरा, फोटो र भिडियोमा हेर्नुहोस्

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध निरन्तर आन्दोलित ‘बृहत् नागरिक आन्दोलन’ मा आबद्ध नागरिक अगुवा तथा सरोकारवालाको प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप भएको हो ।

प्रदर्शनकारीमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहोरा चलाएको थियो ।  
पूर्व घोषित कार्यक्रमअनुसार कमलपोखरी देखि बालुवाटारसम्म ‘मार्चपास गरिएको थियो ।

अभियानका अभियन्ता युग पाठकका अनुसार प्रदर्शनमा कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवम् नागरिक अभियन्ता मार्चपासमा सहभागिता रहेको थियो ।

भिडियो हेर्नुहोस्

उनका अनुसार कमलपोखरी बचाउ अभियानका अभियन्ता हरुबाट माटोको टिका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास गरिएको हो  ।
तर बालुवाटार क्षेत्रमा अभियन्ताहरु पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

तस्बिरहरु हेर्नुहोस्

salt training

कमेन्ट गर्नुहोस्