१७ असार २०८३, बुधबार

यूटिसी र टेक्सास म्यानेजमेन्ट एण्ड आइटीको संयुक्त एक्स्पो प्रज्ञा भवन कमलादीमा

यूटिसी र टेक्सास म्यानेजमेन्ट एण्ड आइटीको संयुक्त एक्स्पो प्रज्ञा भवन कमलादीमा

शैक्षिक परामर्श सेवा दिदैँ आएको पुतलीसडकस्थित युनिभर्सल थट कन्सल्ट (युटिसी) ले व्यवस्थापन सङ्कायमा अध्ययन गर्न चाहने दश जोड दुई पास गरेका विद्यार्थीहरुको लागि परामर्श सेमिनार कार्यक्रम आयोजना गरेको छ ।

युटिसीले 'टेक्सास म्यानेज्मेन्ट एण्ड आइटी एक्स्पो'सँगको सहकार्यमा प्रज्ञा भवन कमलादीमा आइतवारदेखि कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायका सहायक डीन प्रोफेसर डा. ध्रुव गौतम छन् ।

डा. गौतमले यस्ता खालका कार्यक्रमले एकै थलोमा विद्यार्थीहरुलाई जम्मा पारेर राम्रो विद्यालय छनौट गर्न सहज गरिदिने र आगामी दिनमा रोजगारको लागि पनि युवापुस्तालाई अभिप्रेरित गर्ने बताए ।  

साथै कार्यक्रमका विशेष अतिथि रमेश शिलवालले युटिसीसँगको सहकार्यमा असल तथा जेहेन्दार छात्र, छात्राहरुलाई गुणस्तरीय शिक्षा र विभिन्न व्यवस्थापन सङ्कायमा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि छात्रवृत्तिको सहयोग गर्ने वचन दिएका छन् ।

कार्यक्रममा आयोजकको तर्फबाट संस्थाका प्रशासन तथा वित्तीय निर्देशक प्रकाश ढकालले स्वागत तथा बधाई मन्तव्य राखेका थिए भने कार्यक्रममा काठमाडौँका व्यवस्थापन सङ्काय अध्यापन गराउने ३१ वटा कलेजहरु सहभागी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्