०९ असार २०८३, मंगलबार

कांग्रेसको गढ ढलेपछि विजय जुलुसमा सहभागी हुन एमाले अध्यक्ष ओली बनेपामा

कात्तिक २०, २०७४
कांग्रेसको गढ ढलेपछि विजय जुलुसमा सहभागी हुन एमाले अध्यक्ष ओली बनेपामा

बनेपा, ५ जेठ–नेपाली कांग्रेसको गढ मानिएको काभ्रेको बनेपा नगरपालिकामा एमाले उम्मेदवार विजयी भएपछि विजय जुलुसमा सहभागि हुन एमाले अध्यक्ष केपी ओली बनेपा आइपुगेका छन् ।

विजयी जुलुसमा सहभागि हुन एमाले अध्यक्ष ओली र महासचिव इश्वर पोखरेल बनेपा आएका हुन् ।

नेपाली कांग्रेसको ढग मानिएको काभ्रेको बनेपा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार लक्ष्मी नरसिंह बादेले ९ हजार ६ सय १७ मत पाएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राम जोशीले ८ हजार २ सय ७१ मत पाए ।


गत संविधानसभा निर्वाचनमा बनेपा क्षेत्रवाट नेपाली कांग्रेसका कञ्चन बादेले चुनाव जितेका थिए । उनी हाल उद्योग राज्यमन्त्री छन् । उपमेयरमा पनि नेकपा एमालेका रेखा दाहालले ९ हजार २ सय ३० मत पाएर विजयी भएकी छन् । नेपाली काग्रेसकी निर्मला श्रेष्ठले ८ हजार ५ सय ४१ मत प्राप्त गरेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्