२५ असार २०८३, बिहीबार

ओली पक्षले पुनःगठनमा तिव्रता दियो

ओली पक्षले पुनःगठनमा तिव्रता दियो

नेकपा ओली समूहले ललितपुर जिल्ला र मातहतका कमिटीमा पुनःगठनलाई तिव्रता दिएको छ । 

जिल्ला कमिटीका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले आउँदो फागुन १० गतेभित्र सबै पालिकमा नगर र वडा कमिटी गठन गर्ने जानकारी दिए। जिल्ला कमिटीद्वारा हिजो आयोजित ‘अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम’ मा व्यञ्जनकारले आउँदो वैशाख १७ र २७ गते हुने निर्वाचनमा विजय हासिल गर्न कमिटी पुनः गठन गरी तयारी रहन कार्यकर्तालाई आग्रह गरे । 

उनले प्रदेश कमिटीमा पनि नामावली सिफारिश गर्ने बताए । जिल्ला किमिटीलाई केही दिनमा पूर्णता दिने उनको भनाइ छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्