
नेपाली कांग्रेसले बैतडीमा आयोजना गरेको विरोध सभामा दोहोरो झडप भएको छ ।
डिलासैनी गाउँपालिका– ३ पनसेरामा कांग्रेस र नेकपा ओली समूहका कार्यकर्ताबीच झडप भएको हो।
नेकपाका कार्यकर्ताले कांग्रेसको आमसभामा ढुंगामुढा गर्दा झडप भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
सभा बिथोल्ने नियतले नेकपाको कार्यकर्ताले ढुंगा प्रहार गरेपछि झडपको अवस्था भएको नेपाली कांग्रेसले बैतडीले जनाएको छ ।
'नेकपा ओली समूहको आक्रमणमा परी नेता एनपी साउदसहित ७ जना घाइते भएका छन्, उनीहरूमध्ये ५ जनाको अवस्था गम्भीर छ,' नेविसंघ नेता नैनसिंह महरले लोकान्तरसँग भने ।
यता प्रहरीले भने घटनामा ६ जना घाइते भएको जनाएको छ ।
घटनास्थल तनावग्रस्त बनेको छ। अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको छ ।