०७ साउन २०८३, बिहीबार

स्वदेशका लेखक, विदेशको अनुभव

कात्तिक २०, २०७४
स्वदेशका लेखक,  विदेशको अनुभव

परराष्ट्र मन्त्रालयमा कार्यरत छँदा खटिएर विदेशका राजधानी र अन्य शहरस्थित् नेपाली नियोगहरुमा काम गर्नेहरुमध्ये केही अधिकृत, कर्मचारीले साहित्य सिर्जनाको काम पनि सँगसँगै गरेको देखिन्छ । कथा, कविताका विधा त छँदैछन्, जय छाङ्छा र हरिकुमार श्रेष्ठजस्ता लेखकले भने नियात्रासंग्रह पनि प्रकाशित गराउन सफल भएको देखिन्छ ।

बङ्गलादेशमा राजदूतको कार्यकाल सकेपछि सेवानिवृत्त भएका श्रेष्ठले लेखेको ‘मैत्री एक्सप्रेस’ले केही महिनाअघि राम्रै चर्चा पाएको हो ।

जय छाङ्छा नेपाली, अंग्रेजी र हिन्दीमा रसिला कविता कोर्ने कविको रुपमा परिचित व्यक्तित्वको हुँदै हो । त्यसका अतिरिक्त नियात्रा विधामा पनि छाङ्छाको कलम राम्रैसित चलेको छ ।

‘दोहाको सीधा उडान’ छाङ्छाको पाँचौ नियात्रासंग्रह हो । प्रकाश साझा प्रकाशनले २०७३ मा छापिएको यस कृतिलाई ‘मरुभूमिको यात्रावर्णन’ भनेको छ । २१६ भन्दा बढी पृष्ठको यस पुस्तकको मूल्य ३०० रुपिञा अङ्कित छ ।

अधिकारी

कमेन्ट गर्नुहोस्