×

NMB BANK
NIC ASIA

सरकारले लामो समयदेखि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लागेको प्रतिबन्ध खोल्ने तयारी गरिरहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

गृह मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार अब छिट्टै मन्त्रिपरिषद बैठक बसेर विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने तयारी रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यसअघि विभिन्न चरणका वार्ताहरू भइसकेका छन्,’ गृह मन्त्रालय स्रोतले लोकान्तरलाई भन्यो, ‘त्यसैको नतिजास्वरूप विप्लव समूहले विज्ञप्ति निकालेको हो । वार्तामा बस्न तयार छौं भनेर उहाँहरूले विज्ञप्ति निकाल्नुभएको छ । अब सरकारले प्रतिबन्ध हटाएर वार्ताका लागि वातावरण बनाउँछ ।’


Advertisment
Nabil box
Kumari

विप्लवको हस्ताक्षरमा शनिवार अपराह्न एउटा विज्ञप्ति जारी भएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल हो । यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं ।’

Vianet communication
Laxmi Bank

दुवै पक्षबीच यसअघि भएको वार्तामा सबैभन्दा पहिला विप्लव समूहले विज्ञप्ति निकालेर ‘सरकारसँग वार्ता गर्दैछौं’ भनेर सन्देश दिनुपर्ने माग सरकारी पक्षले राखेको थियो । 

सरकारको मागअनुसार नै विप्लव पक्षले आफूहरू वार्तामा आउन तयार रहेको भन्दै विज्ञप्ति निकालेका हुन् । 

विप्लवनिकट एक नेताले लोकान्तरसँग भने, ‘हामीले खुला राजनीतिक गतिविधि गर्न पाउने शर्तमा सरकारसँग वार्ता गर्छौं भनेका हौं । वार्ताका लागि अन्य पूर्व शर्तहरू पनि छन् । विभिन्न मुद्दा लगाएर जेल र हिरासतमा राखिएका साथीहरूलाई रिहा गर्नुपर्ने हाम्रो पहिलो शर्त हो ।’

शनिवार बिहानैदेखि प्रधानमन्त्री ओलीले विराटनगरको आमसभामा केही नयाँ घोषणा गर्ने प्रचार गरिएको थियो । ओलीले सम्बोधनका क्रममा विप्लवसँग वार्ताको प्रसंग कोट्याएनन् । तर ओली सम्बोधनका लागि मञ्चमा जानुभन्दा अगाडि नै विप्लवले हस्ताक्षर गरेको विज्ञप्ति सार्वजनिक भएको थियो ।

२ वर्षअघि २०७५ सालको फागुन २८ गते सरकारले विप्लव समूहले आपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको ठहर गर्दै सरकारले प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । 

प्रतिनिधिसभा विघटनपछिको स्थितिमा रक्षात्मक बन्दै गएका प्रधानमन्त्री केपी शर्मा ओलीले मूलधारमा नरहेका राजनीतिक शक्तिहरूसँग सम्बन्ध बढाउँदै लैजान खोजेका छन् ।

यही क्रममा हिरासतमा रहेका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई भेट्न खानेपानी मन्त्री मणि थापा केही दिनअघि हिरासतमै पुगेका थिए । गत पुस २९ गिरफ्तारीमा परेका अर्का सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पनि हिरासतमै छन् । 

हिरासतमा रहेका दुवै नेतामार्फत विप्लवसँग अनौपचारिक वार्ताको शुरूआत भएको विभिन्न स्रोतहरूको दाबी छ ।

वार्ताका लागि सबैभन्दा पहिला प्रतिबन्ध फुकुवा गर्नुपर्ने विप्लवको माग थियो । त्यसका लागि विज्ञप्तिमार्फत नै भएपनि वातावरण तयार गरिदिन सरकारले विप्लवलाई गरेको आग्रहबमोजिम शनिवार विज्ञप्ति जारी भएको हो । 

विप्लव, वैद्य र ऋषि कट्टेल नेतृत्वको पार्टीसँग रणनैतिक मोर्चा बनाएका वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुती’ले लोकान्तरसँग भने, ‘प्रतिबन्ध हट्छ भने त्यो राम्रो कुरा हो । त्यसो भयो भने वार्ताको ढोका खुल्छ । हामी रणनीतिक मोर्चा बनाएर साझेदारी गरिरहेका छौं तर विप्लव नेतृत्वको पार्टीलाई मात्र प्रतिबन्ध लगाइएको हो ।’

गत माघ २९ गते ४ वटै दलका शीर्ष नेताहरूले रणनीतिक मोर्चा बनाएको घोषणा गरेका थिए । यद्यपि मोर्चाले संयुक्त रूपमा सरकारविरुद्ध संघर्षका कार्यक्रमहरू घोषणा गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x