१६ असार २०८३, मंगलबार

स्पेनिस भाषाबारे ज्ञान दिन ‘ओला नमस्ते’ पुस्तक प्रकाशित

फागुन १०, २०७७
स्पेनिस भाषाबारे ज्ञान दिन ‘ओला नमस्ते’ पुस्तक प्रकाशित

नेपाली समुदायलाई स्पेनिस भाषा सिक्न सजिलो होस् भन्ने ध्येयले ‘ओला नमस्ते’ पुस्तक प्रकाशित भएको छ । 
    
कास्की आदर्श समाज स्पेनद्वारा प्रकाशित पुस्तकको समाजको दोस्रो साधारणसभाका अवसरमा आइतवार भर्चुअल माध्यमबाट सार्वजानिक गरियो ।

साधारण सभाले समाजको सांगठनिक तथा आर्थिक प्रतिवेदन समेत पारित गरेको थियो । 

सो अवसरमा आदर्श सेवा समाज अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष गोविन्द पौडेलले स्पेनिस भाषा सिक्न चाहने नेपालीलाई सहयोग पुर्‍याउने ध्येयले पुस्तक प्रकाशन गरेको जानकारी दिए ।

समाजले १३ लाख रुपैयाँको अक्षयकोष सञ्चालन गर्नुका साथै पोखरा महानगरपालिकासँग सहकार्य समेत गर्दै आएको छ ।

पर्वत समाज स्पेनका उपाध्यक्ष सन्तोष पौडेलले पुस्तकले स्पेनमा आउने नेपालीलाई सहज बनाउने विश्वास व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्