२४ असार २०८३, बुधबार

वामदेवले भने- सर्वोच्चको फैसला सही छ

फागुन २३, २०७७
वामदेवले भने- सर्वोच्चको फैसला सही छ

साविकको नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पूर्व एमाले र पूर्व माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसला सही भएको प्रतिक्रिया जनाएका छन् । फुट्न चाहनेलाई फुट्ने र एमालेमा बस्न चाहनेलाई ठाउँ दिएको उनको भनाइ थियो ।

नेकपा आधिकारिकतासम्बन्धी फैसलापछि लोकान्तरलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले सर्वोच्चको फैसला एकदमै सही भएको प्रतिक्रिया दिएका हुन् ।


‘सर्वोच्चको फैसला एकदम सही छ, फुट्नेलाई पनि बाटो खुल्यो । एमालेमा बस्न खोज्नेलाई पनि ठाउँ दियो,’ गौतमले लोकान्तरसँग भने । गौतम दुई पार्टी मिलेर गठन भएको नेकपाको पनि उपाध्यक्ष थिए ।

salt training

कमेन्ट गर्नुहोस्