×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा पुन:स्थापनापछिको राजनीति

यो प्रतिनिधि सभाले अब काम गर्न सक्दैन, अर्ली इलेक्सनमा जानुपर्छ– रमेश लेखक [अन्तर्वार्ता]

फागुन २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अडान राखिरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सभापति शेरबहादुर देउवा लगायतका कांग्रेसका केही नेताले निर्णय गर्ने समय अझै आइनसकेकाले 'पर्ख र हेर' नीति अपनाइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस वृत्तमा अर्ली इलेक्सनको बारेमा पनि छलफल शुरू भएको छ ।


Advertisment
Nabil box
Kumari

अहिलेको संसद् र सरकार दुवैले राम्रो काम गर्न नसकेको तर्क गर्दै रमेश लेखक लगायतका प्रभावशाली नेताहरूले कांग्रेसले अर्ली इलेक्सनको बाटो समात्नुपर्ने तर्क गरिरहेका छन् ।

Vianet communication
Laxmi Bank

लोकान्तरसँगको कुराकानीमा लेखकले संविधानको धारा/उपधारामा अल्झिएर देशको राजनीतिलाई अन्योलमा राख्न नहुने दृष्टिकोण राखे ।

प्रस्तुत छ, लेखकसँग लोकान्तरकर्मी ईश्वर अर्यालले गरेको कुराकानीको सम्पादित अंश :

केपी शर्मा ओलीको सरकारलाई विस्थापित गरेर कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना कति छ ?

कांग्रेस अहिले निर्णायक शक्ति होइन । निर्णायक भूमिका जसपाको भयो । अब जसपाले के गर्छ भन्ने कुराको ठेगान छैन । न त माओवादी केन्द्रले के गर्छ भन्ने कुराको सुनिश्चितता छ ।

माओवादीले सरकारबाट फिर्ता हुने निर्णय पनि गरिसकेको छैन । सरकारबाट समर्थन फिर्ता गर्ने निर्णयपछि नयाँ शुरू हुने भयो ।

कांग्रेस प्रमुख प्रतिपक्षी दल हो । हामी निर्णायक छैनौं भनेर चुप बस्न मिल्छ र ?

राजनीतिक हिसाबले त कांग्रेस प्रमुख प्रतिपक्षी दल भएकाले कांग्रेसले चाल्ने कदमले निर्णायक भूमिका खेल्छ । तर गणितको आधारमा कांग्रेस अझै निर्णायक शक्ति होइन । गणितले के भन्छ भने कांग्रेसको नेतृत्वमा त ५ वर्ष सरकार नबन्ने भन्छ । हामीलाई जनताले ५ वर्ष प्रतिपक्षमै बस भनेर भोट दिएका हुन् नि !

तर यदि सरकार फेरबदलकै कुरा गर्ने हो भने माओवादी केन्द्र र जसपा तयार हुनुपर्‍यो । माओवादी केन्द्र र जसपा तयार नभइकन कांग्रेसले म सरकार बनाउँछु भनेर अगाडि बढ्ने कुरा भएन ।

भोलि यदि सफल भएन भने कांग्रेसलाई फाइदा त हुँदैन । नेताको पनि र कार्यकर्ताको पनि अनावश्यक अपमान हुने हुन्छ ।

भावी सत्ता समीकरणमा कांग्रेसको प्राथमिकता के हो ?

हामीलाई ५ वर्षका लागि विपक्षमा बस्न भनेर जनताले मत दिएका हुन् । हामी विपक्षमै बस्ने हो । तर नयाँ सरकार बनाउनै सकिएन भने कांग्रेस अघि सर्नुपर्छ । अपोजिसन भनेको त वेटिङ गभर्मेन्ट हो नि ! संसद्ले नयाँ सरकार बनाउन सक्छ कि सक्दैन भन्ने क्लियर हुनुपर्‍यो नि ।

संसदमा ६४ प्रतिशत त एमाले र माओवादीको मत छ । अहिलेसम्म उनीहरू गठबन्धनमै छन् । उनीहरूले गठबन्धनकै सरकार चलाइरहेका बेला हामीले हाम्रो सरकार बनाउँछौं भन्ने कुरा त दूरगामी रूपले असफल हुने कुरा हो ।

पहिलो कुरा त माओवादीले सरकारबाट समर्थन फिर्ता लिनुपर्‍यो । बल्ल त्यसपछि कांग्रेसले आफ्नो पोजिसन क्लियर गर्छ ।

तपाईंहरूको पार्टीभित्र मतान्तर त देखियो, कांग्रेस स्पष्ट मार्गचित्रमा हिँडेको छैन नि ?

एउटा उदाहरण दिन्छु, हिजो पार्टीभित्र हामीले नेकपाको राजनीतिक र वैधानिक अवस्था स्पष्ट नहुँदासम्म कांग्रेसले कुनै पनि निर्णय गर्नुहुन्न भनेका थियौं ।

सरकारमा जाने, शेरबहादुरजीको नेतृत्वमा सरकार बनाउने निर्णय अथवा कुनै पनि खालको निर्णय गर्नुहुन्न भनिएको थियो, किनभने नेकपाको राजनीतिक र वैधानिक हैसियत स्पष्ट छैन भनेका थियौं नि हामीले ! त्यतिबेला अन्य केही नेताहरूले माधव नेपाल र प्रचण्डजीसँग गएर मिलिहाल्नुपर्छ, माधव प्रचण्डसँग मिलेर सरकार बनाउनपर्छ, कि आफैं नेतृत्वमा सरकार बनाउनुपर्छ भन्नुभएको थियो ।

यदि त्यतिबेला हामीले हतार गरेर माधव र प्रचण्डसँग मिलेर सरकार बनाउने भनेको भए अहिले के हुने थियो ?

वैकल्पिक रूपमा शेरबहादुरजीको नाम दिएर अथवा प्रचण्डको नाम दिएर अविश्वासको प्रस्ताव राखेको भए कांग्रेसको अपमान हुन्थ्यो कि हुन्थेन ? त्यसकारण परिस्थिति परिपक्क नभइकन निर्णय गर्नु राम्रो हुँदैन ।

माधवकुमार नेपालहरू एमालेमै फर्किनु, ओली झन् शक्तिशाली देखिनुलाई कांग्रेसले कुन दृष्टिकोणले हेरिरहेको छ ?

अदालतको एउटा फैसलाले रातारात माधव नेपालहरू फर्किनु परेन त ? उहाँहरूलाई सांसद पदको मोह रहेछ । राजनीतिक हिसाबले उहाँहरू नजान सक्नुहुन्थ्यो, तर एमालेमै फर्किनुभयो । पदको लोभ त स्पष्ट देखियो ।

उहाँहरूसँग निर्णय गर्ने शक्ति त थियो । राजनीतिक अभियान चलाउने भए हामीले सांसद पद छोड्न तयार छौं भनेर निर्णय गर्नुपर्थ्यो नि ! रातारात भाग्नुभयो । सांसदको पद यति महत्त्वपूर्ण लाग्यो कि उहाँहरूले राजनीतिक निर्णय गर्न सक्नुभएन ।

उहाँहरूमा टोपबहादुर रायमाझी, रामबहादुर थापा लगायतका नेताहरू जत्तिको हिम्मत पनि रहेनछ । अब उहाँहरूको भरोसामा लागेर कांग्रेस अगाडि बढेको भए के हुन्थ्यो हेर्नुस् त ?

भनेपछि नयाँ सत्ता समीकरणका लागि माओवादी नै निर्णायक देख्नुभएको छ तपाईंले ?

आजको स्थिति भनेको पनि जबसम्म माओवादीले आफ्नो परिस्थिति प्रस्ट गर्दैन तबसम्म कांग्रेसले कुनै निर्णय गर्दैन ।

कांग्रेसका नेताहरूले 'अर्ली इलेक्सन'को कुरा गरिरहेका छन्, तपाईं पनि त्यसको पक्षमा हुनुहुन्छ । यसको पछाडि तपाईंहरूको लजिक के हो ?

मलाई देश अर्ली इलेक्सनमा जान्छ जस्तो लाग्छ । यो प्रतिनिधि सभाले काम नै गर्न सक्दैन नि ! ६४ प्रतिशत संख्या रहेको नेकपाले काम गर्न नसकेर त्रिशंकु संसदमा रुपान्तरित भयो ।

दुईतिहाइ भएको सरकारले गर्न नसकेको काम त्रिशंकु संसदले बनाउने सरकारले गर्न सक्छ ?

त्यसकारण यो प्रतिनिधि सभाले अब कुनै काम गर्न सक्दैन । लक्षण पनि देखिन थाल्यो । अब ताजा जनादेशको विकल्प छैन ।

तर संविधानत: अहिले धारा ७६ को उपधारा २ बमोजिमको सरकार छ । त्यसबाट उपधारा ३ मा जानुपर्‍यो, त्यसपछि ५ मा जानुपर्‍यो,बल्ल संसद् विघटन भएर अर्ली इलेक्सन हुने होला नि ? वैकल्पिक सरकारका यति धेरै प्रयास गर्नुपर्छ भनेर संविधानले भनेको अवस्थामा देश कसरी ताजा जनादेशमा जान सक्छ ?

मेरो दृष्टिकोण के हो भने कांग्रेस जस्तो पार्टीले संविधानका धारामा अल्झेर मुलुकलाई अन्योलमा पार्नुहुँदैन । नेपाली कांग्रेस भनेको 'लयर्स क्बल' होइन, यो राजनीतिक पार्टी हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

जेठ २२, २०८०

प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x