०३ असार २०८३, बुधबार

अपहरणपछि हत्या गरेको आरोपमा ११ वर्षदेखि फरार दुई जना पक्राउ

असार २, २०८३
काठमाडौं
अपहरणपछि हत्या गरेको आरोपमा ११ वर्षदेखि फरार दुई जना पक्राउ

एक व्यक्तिलाई अपहरण गरी हत्या गरेको आरोपमा ११ वर्षदेखि फरार रहेका दुई जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका–९ का ७० वर्षीय दाउद मियाँ र सिराहाको लहान नगरपालिका–११ का ६० वर्षीय नसिर भन्ने बसिर मियाँ रहेका छन् । दाउद मियाँलाई गत जेठ २४ गते र नसिर मियाँलाई जेठ ३१ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २०७२ भदौ २९ गते साँझ करिब ७ बजे सुरुङ्गा नगरपालिका–९ स्थित एक घरमा बसिरहेको अवस्थामा स्थानीय ऐनुल मियाँलाई अपहरण गरी बलान खोलातर्फ लगिएको थियो । त्यसपछि उनलाई पानी डुबाएर पारिएको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको थियो । 

घटनापछि फरार रहेका प्रतिवादीहरूको खोजी गर्ने क्रममा दाउद मियाँलाई सुरुङ्गा नगरपालिका–९ र नसिर मियाँलाई सप्तरीको बलानबिहुल गाउँपालिका–१ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दुवै जनालाई अदालतको आदेशअनुसार थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवैमाथि जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्