कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
फागुन २८, २०७७
एकवारको जुनीमा शान्तिपूर्ण बाँच्नका लागि मानिसहरू के गर्छन्? थाहा भएकै कुरा हो, मानिसहरू ध्यान-तपस्या गर्छन् । योगा गर्छन् । एकान्तमा गएर चिन्तन, मनन गर्छन् । गुप्तबास बस्छन् । कति त ओमशान्ति भन्नेतिर पनि लागेका छन्। ओशो तपोवनमा गएका छन् । केही बिरक्तिएर बिहे नै नगरी घर छाडेर जान्छन् । ती गाउँघर सम्झिएर कहिल्यै फर्किए आउँदैनन्। केही भने जोगी भएर खरानी धसेर हिँड्छन् ।
मैले शान्तिपूर्वक बाँच्नका लागि आजभोलि नारायण गोपाल गुरुआचार्यको गीत सुन्न थालेको छु। विगतमा उहाँका गीतहरू अप्रगतिशील लाग्थ्यो। निराशा जगाउने खालका गीतहरू नसुनौं भन्ने लाग्थ्यो। तर साँचो अर्थमा सही अर्थमा उहाँका गीतहरू ज्यादै जीवनवादी रहेछन्। यसैगरी बिताइदिन्छु दुई दिनको जिन्दगी.., म त लालीगुराँस भएछु, वनैभरी फुलिदिन्छु... जस्ता गीतहरूले जीवनको परिभाषा बोकेका छन्। यस्ता गीतहरूले प्रकृति र मुटुको भावनालाई एकैसाथ प्रतिविम्बित गरेका छन् ।
हुन त मैले योगा पनि गरेको थिएँ, तर एक हप्ता जति । योगा गर्दा टाउकोले खुट्टा छुनु पर्ने रहेछ । हात बंग्याउनुपर्ने रहेछ। त्यो सकिन मैले । आजभोलि तनाव भयो, दिमाग भारी भयो, छाती दुख्यो भन्यो भने संसारमै नाम कहिलिएको डाक्टरले पनि योगा गर्नुहोस् भन्ने रहेछन्। हाम्रो छिमेकी देश भारत योगका लागि बादशाह बनिसक्यो । प्रधानमन्त्री नरेन्द्र मोदीले योगाको संसारभरि प्रचार र प्रबर्द्धनमा योगदान गरेका छन्। तर खै किन हाम्रो प्रधानमन्त्री केपी ओलीले अटेरी केटाजस्तो बनेर योग गुरुको निर्देशनअनुसार योगा गरेका थिएनन्। शायद उनलाई पनि मलाई जस्तै ढाड बांगो बनाउन मन नपारेर होला ।
सत्य, त्रेता, द्वापारमा भगवानहरू पनि शान्तिको खोजीमा वा तपस्याका लागि दरवार छाडेर हिँडेका कथा ग्रन्थहरूमा पढ्न पाइन्छ । सिद्धार्थ गौतम राजकुमार थिए र शान्तिकै खोजीमा दरबार त्यागेर हिँडेका थिए भन्ने किम्बदन्तीहरू पढ्न पाइन्छ । बेलाबेलामा बुद्ध जन्मस्थल लुम्बिनीमा विभिन्न देशका भिक्षु-भिक्षुणी, लामा, उपासक उपासिकाहरू शान्तिको प्रार्थना गर्छन्। बिहान-बिहान उठेर कामको खोजीमा दौडिने र भुँडी घटाउन दौडिनेहरूको यो असमान परिवेशमा उहिले उहिलेको कुरा नै मानव जीवनका लागि उपयुक्त थिए कि भन्ने पनि परेको छ ।
हामीले जोगी आयो भनेर जिस्काउने गर्छौं । निधारमा पहेँलो धर्को लगाएर हिँड्नेहरू देखेर यो के होला यस्तो भनेर अचम्म मान्छौं। तर यसको त विशाल अर्थ रहेछ। यो त जीवनको एउटा फकिर मूड रहेछ। बल्ल पो थाहा भयो यसरी धार्मिक दृष्टिकोणबाट हेर्यो भने ऋषि-महर्षिहरू, लामाहरूको ध्यान तपस्या यही शान्ति प्राप्तिको एउटा उपाय हो। संस्कृत भाषाका मन्त्रमा सुन्न पाइने ॐ शान्तिः शान्तिः शान्तिको अर्थ शान्तिकै खोजी पो रहेछ।
अब लागौ पूँजीवादी युगको शान्तितर्फ:
यो युगमा मानिसहरू शान्तिभन्दा पनि सुखको धेरै अनुभूति गर्न चाहन्छन्। शान्ति त केबल युवतीको नाममा परिणत भएको छ। मलाई शान्तिसँग बस्न देऊ भन्दा को शान्ति ? भन्ने युग हो यो । चामल पनि प्लास्टिक जस्तो आर्टिफिसियल छ । अनि शान्ति पनि आर्टिफिसिल भएको छ। मानिसहरू मनको शान्ति भन्दा पनि शरीरको भौतिक सुख सुविधामा रमाइरहेका छन् ।
अरूलाई मारेर भएपनि मानिसहरू आफू सुख सुविधामा बाँच्न चाहेको तथ्य विश्वमा घट्ने गरेका घटनाहरूबाट पुष्टि हुन्छ। हाम्रै नेपालको गाउँ समाज शहरमा हेर्यो भने पनि तथ्य त्यस्तै छ। शायद यो पूँजीवादी युगको सबैभन्दा खराब सामाजीकरण हुनसक्छ । शायद शान्तिको परिभाषा थाहा नपाउन नसकेर मानिसहरू भौतिक सुख सुविधा नै शान्ति हो भन्ने ध्याउन्नमा लागेका छन्, अनि औषधि खाएका छन् डिप्रेसनको । मसँग सबैथोक छ तर किन डिप्रेसनमा परें भन्ने कुरा जानेका छैनन्।
मानिसहरू बिस्तारै शान्तिको खोजीमा अगाडि बढिरहेका छन्। राजादेखि प्रजासम्म सबै शान्तिको खोजीमा छन्। पुरातनवादी हुकुमी सुखसयल अस्वीकार गरेर मानिसहरू चराचुरुंगी जस्तै प्रकृतिसँग रमाउन थालेका छन्। नेपालमा अर्ग्यानिक प्रति चासो बढ्नुको अन्तर्य पनि फेरि प्राकृतिक जीवनमै फर्क भन्ने हो। संसारमा ब्याक टु नेचर भन्ने थिम अहिले निर्माण भइरहेको छ, जसले सम्भ्रान्तहरू दरबारभित्र मात्रै कैद हुन्छन् वा दरबारजस्तै घरभित्र सबै सेवा सुविधा लिएर बसेका हुन्छन् भन्ने पुरातनवादी मिथकमाथि प्रहार गरेको छ । बेलायती राजकुमार ह्यारी र राजकुमारी मेगनले पूँजीवादी सुखसयललाई पनि चुनौती दिएर दरबार छाडेर कतै टाढा गएका छन्, जहाँ उनीहरूको मन वास्तविक अर्थमा खुशी हुन सक्छ ।
जस्तो कि दुबईका शासक शेख मोहम्मद अल मकतुमकी पत्नी राजकुमारी हाया बिन्त अल हुसेन पतिलाई छाडेर भागिन् । राजकुमारी हाया बलजफ्ती भागेको वर्ष नै शेख मोहम्मदकी एक छोरी शेखा लतिफाले देश छाडेर भाग्न कोशिश गरिन्। संसारभरमा फैलिएको एउटा भिडियोमा ३३ वर्षीय राजकुमारी शेखा लतिफाले आफ्नो परिवारमा कसैलाई आफ्नो स्वतन्त्रताको अधिकार छैन भनेकी थिइन्।
जोर्डनका राजा हुसेनकी छोरीका रूपमा सन् १९७४ मा हायाको जन्म भएको थियो। शेखा लतिफा फ्रान्सेलीको सहयोगमा एउटा डुंगामार्फत दुबईबाट भागेकी थिइन्। तर उनलाई भारतीय तटबाट सशस्त्र समूहले पक्राउ गरी फर्काईदिएका थिए । सन् २००० मा शेख मोहम्मदकी अर्की छोरी शेखा शाम्सा अल मक्तुम दक्षिण पूर्वी इङ्ल्यान्डस्थित घरबाट भागेकी थिइन्। स्वतन्त्रताको खोजीमा दरबारको सुख सयल त्यागेर भाग्न खोज्ने यस्ता उदाहरण संसारमा धेरै छन् ।
यसबाट के प्रस्ट हुन्छ भने मानिसहरू आत्मसम्मानलाई कुनै सुख सयलका निम्ति आत्मसमर्पण गर्न चाहन्नन्। बरु हाँसीहाँसी आत्महत्या गर्न तयार हुन्छन् । बेलायतको बकिंघम दरबारकी पूर्व राजकुमारी मेगनको हालसालैको बयानबाट यो कुरा पुष्टि भएको छ।
कुलीन दरबारभित्रको र्याडिकल सांस्कृतिक सोच कति रंगभेदी, वर्गीय र कृत्रिम हुन्छ भन्ने कुरा हालसालै बेलायतका पूर्व राजकुमार ह्यारी र राजकुमारी मेगनको भावना मिश्रित तर धेरै रोदन पीडा मिश्रित भनाइहरूबाट पुष्टि हुन्छ। मानिसहरू स्वतन्त्रताका पुजारी हुन् न कि कुनै चिडियाघरको अभिजात्य मान्छे। मेगन कलाकारिताको रंग मिसिएकी आधुनिक दुलही हुन् भन्ने कुरा बकिंघम दरबारले पहिल्याउन सकेन ।
यस्तो लाग्छ दरबारिया जहानियाँ जन्जिरभित्र फसेर नेपालका पूर्व युवराज दीपेन्द्र कतै नसाको तालमा पो फसे कि ? कतै प्रेमिकाको यादमा मानसिक रोगी पो भए कि ? त्यो कुरा नारायणहिटी दरबारले बुझ्न सकेन कि ? किनकी जब मानिसको रक्तसञ्चारमा स्वतन्त्रताको तरंग बग्न थाल्छ त्यसपछि राजा र जनताको फरकपन प्रकृतिले पनि भेट्टाउन सक्दैन । पूर्व युवराज पारसजस्तै त्यो मनमौजी, जोगी जस्तो, एकदमै बहुलट्ठी सन्यासीझैँ सडकको किनारमा, कतै जंगलको कोखमा, कतै मन्दिरमा, कतै तरुनीको अंगालोमा भेटिन सक्छ ।
संसारले एक झल्को हेर्न मरिहत्ते गर्ने, तिनकै फोटो टाँसेर, ट्याटु हानेर ओतप्रोत माया बर्साएको महशुस गर्ने पश्चिमा समाजकै संसारमा सबैभन्दा धेरै फोटो खिचिएकी सभ्य समाजकी राजकुमारी डायनाहरूले पर्खालभित्रको औपचारिकता तोड्दै गर्दा पापाराजीको क्यामेराका लेन्सहरू तेर्सिँदै गर्दा पेरिसको सुरुङभित्र प्राण त्यागे । दीपेन्द्र, धीरेन्द्र, पारसहरूले चाहेको स्वतन्त्रताको मूल्यबारे कतै चर्चा भएन, तर निराशाका क्षणहरूमा बिताएका पीडाको खोजी गर्नुको सट्टा नशाका साथ जीवन सकाएको भनेर कुलीनहरूले खैँजरी पिटे ।
आज बकिंघम दरबार यस्तो एउटा घटनाबाट जोगिएको छ, जुन घटनाको विरासत नारायणहिटी दरबारभित्र हत्याकाण्डको रूपमा इतिहास बनेको छ । आफूले चाहेको केटी बिहे गर्न नपाउँदा चलेको अटोमेटिक हतियार एक मनोरोग थियो र मेगलले बकिंघम दरबारभित्र आत्महत्या गर्ने मनस्थिति बनाएको पनि शायद त्यसै प्रकारको मनोरोग थियो। मनोरोग आफ्नो-आफ्नो गच्छेअनुसारको हुन्छ । फरक यत्ति हो, केही आफू मात्र मर्छन्, केहीले अरूलाई पनि मार्छन् ।
गोर्खा फौजसँग अफगानिस्तान जस्ता युद्धका मेर्चाहरूमा समय बिताएका पूर्व राजकुमार ह्यारी भूकम्पपीडित नेपालीका लागि सक्दो सहयोगको प्रतिबद्धता व्यक्त गर्न नेपाल भ्रमणमा आएका थिए। त्यतिखेर उनले गोर्खा सैनिकलाई विश्वभर अति प्रख्यात राजदूतको संज्ञा दिँदै भयानक बहादुरी एवं विनम्रता र अनुकम्पपूर्ण सौर्यको प्रशंसा गरेका थिए। भूकम्पका कारण घर भत्किएकाहरूको घर बनाउन उनी आफैँ सिकर्मी भएका थिए ।
आफ्नी हजुरआमाको राज्यारोहणका दिन नै तेञ्जिङ नोर्गे र सर एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको खबर सार्वजनिक भएर विश्वको ध्यान नेपालतर्फ आकृष्ट भएको बताउने तिनै मनकारी राजकुमार आज बकिंघम दरबार छाडेर श्रीमतीको खुशीका लागि सन्तानको रक्षा र आफ्नो आत्मसम्मानका लागि दरबार त्यागेर हिँडेका छन्।
हुन त उनको दरबारप्रतिको मोह पहिल्यै घटेको थियो। दोस्रो सन्तानलाई जन्म दिने तयारीमा रहेकी उनकी श्रीमती मेगन मर्केलले राजदरबार फर्किन अस्वीकार गरेकी थिइन् । उनीहरूले दरबारको पदवी हाँसीखुशी गुमाएका थिए, किनकी उनीहरूले राजपरिवारबाट अलग्गिएर आफूलाई आर्थिक रूपमा स्वतन्त्र बनाउन आफैं काम गर्ने चाहन्थे। आममानिसहरू जस्तै स्वतन्त्र भएर बाँच्न चाहन्थे ।
राजकुमार छोरो आर्ची जन्मिने बेलामा बेलायतमा मिडियाले गरेको व्यवहार ह्यारीलाई मन परेको थिएन। ह्यारीको छोरालाई मिडियाले चिम्पाञ्जीसँग तुलना गरेका थिए। बच्चा कालो हुन्छ कि गोरोसँग बेलायतमा शासकका सेतो सुप्रिमेसीको चर्चा दरबारभित्रै चलिरहेको थियो। पापाराजीले उनको आमा सम्भवत: संसारकै सुन्दरी राजकुमारी डायनालाई कसरी मर्न बाध्य बनाएको थियो त्यो कुरा उनको मष्तिष्कमा पीडा बनेर बसेको थियो। ह्यारी र मेगनको विवाह सन् २०१८ मा भएको थियो। उनीहरूको पहिलो सन्तानका रूपमा छोरा आर्चीको जन्म सन् २०१९ को मेमा भएको हो। मेगनकी आमा अश्वेत हुन् भने बुवा अमेरिकी गोरा हुन्।
बीबीसीका शाही संवाददाता जोनी डाइमन्डका अनुसार यो जोडी केही महिनादेखि दरबारिया जीवनदेखि असन्तुष्ट थियो । मेगनले आफ्ना बाबुलाई लेखेका गोप्य पत्र गत वर्षको अक्टोबरमा एक पत्रिकाले छापेपछि यो जोडीले सो पत्रिकाविरुद्ध कानूनी कारवाही चलाएको थियो । त्यतिबेला ह्यारीले आफ्नी पत्नी ब्रिटिश ट्याब्लोइड पत्रिकाको शिकार बनेको बताएका थिए । तर यो समाचार निरन्तर बढ्दै गएको, दरबारभित्र पनि असहयोग हुँदै आएको तथा आफूहरू सम्पूर्ण रूपमा स्वतन्त्र बन्न चाहेको ह्यारीको निचोड थियो । अन्तत: उनीहरू क्यानडा हुँदै क्यालिफोर्निया बसाइँ सर्न बाध्य भए ।
हालसालै अमेरिकी टेलिभिजनकर्मी ओपरा विनफ्रीसँगको विशेष अन्तर्वार्तामा ह्यारी र मेगनले राजपरिवारमाथि केही गम्भीर आरोप लगाएका छन्। अमेरिकी टेलिभिजन नेटवर्क सीबीएसबाट नेपाली समयअनुसार सोमबार बिहान प्रशारण भएको दुई घण्टा लामो विशेष अन्तर्वार्तामा मेगनले राजपरिवारका सदस्यले आफ्नो सन्तान (आर्ची) नजन्मिँदै छालाको रंगलाई लिएर चासो व्यक्त गरेको आरोप लगाएकी छन्। सोही कारण आफ्नो सन्तान आर्चीबाट राजकीय पदवी (राजकुमार) खोस्ने गरी नियम परिवर्तन गरिएको आरोप मेगनले लगाएकी छिन् ।
अन्तर्वार्तामा ह्यारीले आफूहरूको सम्बन्धको शुरूदेखि नै सन्तानको रंगलाई लिएर केही कुरा भएको तर त्यसबारे विस्तृतमा नबोल्ने बताएका छन्। तर आफ्नो परिवार (राजपरिवार) ले रंगभेदविरुद्ध समर्थन देखाउने मौका गुमाएको देख्दा दुःख लागेको बताएका छन्। साथै मेगनले अन्तर्वार्ताका क्रममा जेठानी (डचेज अफ क्याम्ब्रिज, केट) ले आफ्नो विवाहअघि चित्त दुख्दो कुरा गरेर रुवाएको बताएकी छन्।
विवाहको केही समयपछि नै आफूबाट स्वतन्त्रता खोसिएको र आफू नितान्त एक्लो भएको आरोप मेगनको छ । उनले आर्ची गर्भमा हुँदा आफूमा आत्महत्याको सोच समेत आउने गरेको खुलासा गरिन्। ह्यारीले विगत दोहोरिने र झन् भयानक हुने देखेर परिवारको रक्षाका लागि कदम चालेको बताएका छन्। सहयोगका लागि परिवारका सबै सदस्यसँग गुहार लगाए पनि केही नमिलेको ह्यारीको भनाई छ । यस्तो लाग्छ परिवारको रक्षा र खुशी अनि शान्तिपूर्ण बाँच्नका लागि ह्यारीले दरबार त्याग्ने कठोर निर्णय गरेका थिए।
अन्तर्वार्तामा ह्यरीले केही समय पिता (प्रिन्स अफ चार्ल्स) र आफूबीच बोलचाल नै बन्द भएपनि हाल आफूहरूबीच बोलचाल हुने तर सम्बन्ध सुधारको खाँचो रहेको बताएका छन् । दाइ (प्रिन्स विलियम)लाई आफू जहिले पनि प्रेम गर्ने र आफूहरूले गम्भीर कठीन समयसँगै बिताएको भए पनि अहिले मार्ग भिन्न रहेको बताएका छन्। ह्यारीले हजुरआमा (महारानी एलिजाबेथ द्वितीय) सँग आफ्नो सम्बन्ध निकै राम्रो रहेको र उनी जहिले पनि आफ्नो प्रिय रहने बताएका छन् । ह्यारीले आफ्नो परिवारले सन् २०२० को पहिलो हाफदेखि आर्थिकरूपमा आफूहरूमाथि बन्देज गरेकाले नेट्फिलिक्स र स्पोटीफाइसँग सम्झौता गर्न बाध्य भएको बताएका छन् ।
ह्यारीकी आमा राजकुमारी डायनाको मृत्युपछि प्रिन्स ह्यारीमा मिडियाप्रति नकारात्मक सोच विकास भएको हो । राजकुमारी डायनाको मृत्यु सन् १९९७ मा अगस्ट ३१ मा पेरिसमा एक सडक दुर्घटनामा भएको थियो । त्यतिबेला राजकुमार ह्यारी १२ वर्षका थिए। डायनाका ड्राइभर हेनरी पालले रक्सी पिइरहेका थिए र पत्रकार पापाराजीले मोटरसाइकलमा बसेर कारको पिछा गरिरहेका थिए । ह्यारीले एक अन्तर्वार्तामा भनेका छन्, ‘मलाई लाग्छ कि यो कुरा स्वीकार गर्न सबैभन्दा बढी मुश्किल छ, जसले सुरुङमा पिछा गरे उनीहरूले नै कारको पछाडि सीटमा आफ्नी आमाको मृत्यु भएको तस्वीर खिचे ।’ ह्यारी भन्छन्, अब म त्यो इतिहास दोहोरिएको देख्न सक्दिनँ ।
कुनै जमानामा संसारमा अधिपत्य जमाएको, अझ यसो भनौं संसारै हल्लाएको अहिले पनि त्यसको गौरवपूर्ण लिगेसीका रूपमा रहेको बकिंघम दरबारभित्रको एउटा राजकुमार सम्पूर्ण मान प्रतिष्ठा पदवी, राजसी ठाँट त्यागेर आममानिस जस्तै शान्तिपूर्वक बाँच्नका लागि चालेको दरबार त्यागको घोषणा ईसापूर्व ५७५ तिर सिद्धार्थ गौतम बुद्धले शान्तिकै खोजीमा दरबार त्यागेर हिँडेको जस्तै हो कि ? मलाई त लाग्छ पक्कै पनि त्यही हो।
सम्भवत: अब उनले विना कुनै दरबारिया प्रोटोकल एउटा फुच्चे कार आफैँ चलाएर न्यूयोर्क शहर घुम्नेछन्। बिना तामझाम पृथ्वीको जुनसुकै कुनामा पुगेर श्रीमती मेगनको हात समातेर फूलबारीतिर डुल्नेछन्। छोरा आर्ची र जन्मिँदै गरेकी छोरीको हात समातेर कतै क्याफेतिर कुनै अगुवापछुवाविना हिँडिरहेका हुनेछन् । सबैभन्दा ठूलो कुरा त आफ्नो कारको ढोका आफैँ बन्द गर्न पाउने छन् । त्योभन्दा पनि ठूलो कुरा अब दरबारभित्रको राजकुमार हैन कि आकाशमुनिको आममानिस हुन पाउनेछन्।
जे होस्, संसारभरिका मानिसहरूको आँखा परेका अनि गोर्खालीको मनमा बस्न सफल राजकुमारी डायनाका प्रिय छोरा पूर्व राजकुमार ह्यारी र उनको परिवारको जिन्दगी सदैव सुखद्, शान्तिपूर्ण रहोस्, शुभकामना !
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...