२७ असार २०८३, शनिबार

यी व्यक्ति १९२ पटक ड्राइभिङ टेस्टमा फेल, कोशिश जारी !

चैत ३, २०७७
यी व्यक्ति १९२ पटक ड्राइभिङ टेस्टमा फेल, कोशिश जारी !

पोल्यान्डमा ५० वर्षका एक व्यक्ति विगत १७ वर्षदेखि सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास हुन कोशिश गरिरहेका छन् । 

अहिलेसम्म कुल १९२ पटक उनले परीक्षा दिइसकेका छन् । जुन पोल्यान्डको कीर्तिमान हो । दुई दशकमा उनले एक लाखभन्दा बढी रुपैयाँ परीक्षा शुल्क तिरिसकेका छन् । 
 

पोल्यान्डमा लाइसेन्स लिनका लागि पहिला एक थ्योरी परीक्षा पास गर्नुपर्ने हुन्छ र त्यसपछि प्राक्टिकल पेपर पनि दिनुपर्छ । कुनै पनि वयस्कले जतिपटक पनि परीक्षा दिन पाउँछ । थ्योरी पास गर्न कम्तीमा ६० ल्याउनुपर्ने हुन्छ भने प्राक्टिकलमा ४० ल्याए पुग्छ । 

यो घटना सार्वजनिक भएपछि प्रशासनले एउटै व्यक्तिलाई धेरैपटक मौका दिन हुन्छ कि हुँदैन भनी विचार गर्न थालेको छ । 
 

स्टेनिस्ला थर भएका एक ड्राइभिङ इन्सट्रक्टरले बढीमा ३० पटकभन्दा कसैलाई मौका दिन नहुने बताएका छन् ।

धेरैपटक परीक्षा दिने मानिस ड्राइभिङका विषयमा गम्भीर नभएको र यस्तो मानिसले गाडी चलाउनु खतरनाक हुने उनको भनाइ छ । 

त्यसो त दक्षिण कोरियामा एक महिलाले ड्राइभिङको टेस्ट परीक्षामा ९५० पटक कोशिश गरेको तैपनि असफल भएको खबर आएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्