२७ असार २०८३, शनिबार

बझाङमा जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

असार २७, २०८३
काठमाडौं
बझाङमा जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

बझाङको केदारस्यूँ गाउँपालिकामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।​

केदारस्यूँ गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका–चुहावनतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च २६४४ नम्बरको जीप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका केदारस्यूँ गाउँपालिकाका अध्यक्ष गणेशबहादुर बोहराले लोकान्तरलाई जानकारी दिए ।

'अहिलेसम्म ३ जनाको मृत्यु र ५ जना घाइते रहेको खबर आएको छ,' उनले भने, 'उद्धारका लागि हेलिकप्टर पनि पुग्दैछ, प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।'

उनका अनुसार जीप सडकबाट करिब ३०० मिटर तल खसेको छ ।

दुर्घटनाको कारण नखुलेको र उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्