२७ असार २०८३, शनिबार

भारतको अनौठो गाउँ : बुलेटप्रूफ ट्य्राक्टरले खेत जोत्छन् किसानहरू

चैत ३, २०७७
भारतको अनौठो गाउँ : बुलेटप्रूफ ट्य्राक्टरले खेत जोत्छन् किसानहरू

हरियाणा र उत्तर प्रदेशका कतिपय गाउँमा लगभग पाँच दशकदेखि भूमिसम्बन्धी विवाद चलिरहेको छ । 
 

सोनीपतको जाजल र खुर्मपुर तथा बागपतको निवाडा र नंगला बहलोलपुरका किसान धेरैपटक भिडिसकेका छन् । 

चारै गाउँका लगभग ४५० एकड जमीनका लागि प्रत्येक वर्ष हिंस्रक भिडन्त हुने गरेको छ । 
 

सीमाविवादका कारण समस्यामा परेका खुर्मपुर गाउँका किसानहरूले गोली र हातहतियारबाट जोगिनका लागि ट्य्राक्टरहरूलाई बुलेटप्रूफ बनाएका छन् । प्रमाण जुटाउनका लागि उनीहरूले ट्य्राक्टरमा सीसीटीभी क्यामरा पनि फिट गरेका छन् । 

गाउँका किसानमा स्वामित्व हकको विवाद छ । अन्नबाली रोप्ने र काट्ने समयमा किसानहरू भूमिमा हक खोज्छन् र रक्तरञ्जित संघर्ष हुन्छ । 

सन् १९७४ मा केन्द्र सरकारले विवाद अन्त्यका लागि तत्कालीन केन्द्रीय मन्त्री उमाशंकर दीक्षितको अध्यक्षतामा एक कमिटी गठन गरेको थियो । त्यतिखेर उत्तर प्रदेशका किसानको जग्गा हरियाणामा छ भने हरियाणाका

किसानको हक हुने अनि हरियाणाका किसानको जमीन उत्तर प्रदेशमा छ भने उत्तर प्रदेशका किसानको हक लाग्ने निश्चित गरिएको थियो । 

त्यसपछि फलामको पिल्लर राखिएको थियो र दीक्षित अवार्ड नाम दिइएको थियो । तर यमुना नदीको धार परिवतएन भइरह्यो र जमीनमा कब्जा नदिलाइएकाले विवाद बढिरह्यो । 

यमुना खादरमा प्रत्येक वर्ष संघर्ष चर्किंदा गोली प्रहार तथा अन्य हतियारबाट आक्रमण हुने गरेको छ । त्यसमा १०० भन्दा बढी किसान घाइते भएका छन् । 

ज्यान जोगाउनका लागि किसानहरूले बुलेटप्रूफ ट्य्राक्टर चलाउन थालेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्