२४ असार २०८३, बुधबार

साहित्यकार रिजालको ‘नीति कथा’ सार्वजनिक

साहित्यकार रिजालको ‘नीति कथा’ सार्वजनिक

पत्रकार तथा साहित्यकार कमल रिजालद्वारा लिखित रत्न नीतिकथा सङ्ग्रह भाग तीन सार्वजनिक भएको छ । 

रत्नपुस्तक भण्डारले प्रकाशित गरेको कथासङ्ग्रहमा बालोपयोगी २० वटा कथा सङ्ग्रहित छन् । यसको भाग एक र दुई गतवर्ष प्रकाशित भएको हो । 

बजारको बढ्दो मागलाई ध्यानमा राखी चाडै नै तेस्रो भाग प्रकाशित गर्ने व्यवस्था मिलाइएको  लेखक रिजालले बताए । 

बालबालिकालाई सानैदेखि नैतिक शिक्षा दिंदै जानु अत्यावश्यक देखिएकाले क्रमशः नीतिकथा प्रकाशित गर्दै जान थालेको प्रकाशक रत्नपुस्तक भण्डारबाट थाहा भएको छ । 

लेखक रिजालका अनुसार कथासङ्ग्रहमा अधिकांश बालोपयोगी वेद, पुराण र उपनिषद् कथामा आधारित कथा र केही विदेशी कथामा आधारित कथाहरू समेटिएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्