२४ असार २०८३, बुधबार

डा. रवीन्द्र समीरलाई साहित्य सन्ध्या पुरस्कार

डा. रवीन्द्र समीरलाई साहित्य सन्ध्या पुरस्कार

साहित्य सन्ध्या नेपालले साहित्य सन्ध्या पुरस्कार–२०७६ साहित्यकार डा. रवीन्द्र समीरलाई दिने भएको छ ।

सन्ध्याले बिहीवार डा.समीरलाई पुरस्कार दिने निर्णय गरेको हो । 

नेपाली साहित्य खास गरेर स्वास्थ्य साहित्य तथा लघुकथा विधामा विगत ३ दशकदेखि क्रियाशील डा. समीरलाई चैत १५ गते हुने समारोहमा १५ हजार नगद सहित प्रशंशा पत्र प्रदान गरिनेछ ।

संस्थाका अध्यक्ष राम विनयले हस्ताक्षरित विज्ञप्तिमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य तथा साहित्यकार प्रा.डा. जीवेन्द्र गिरीको विशिष्ट आतिथ्यमा उक्त पुरस्कार प्रदान गरिने बताइएको छ ।

डा. रवीन्द्र समीरका बहुचर्चित मृत्युको आयु लगायत १२ वटा साहित्यिक कृति प्रकाशित छन् ।

salt training

कमेन्ट गर्नुहोस्