काठमाडौं, १२ पुस — युवापुस्तामाझ लोकप्रिय गायक प्रमोद खरेलको नयाँ गीत ‘नरोउ भन्नेले नै रुवाइ गयो’ सार्वजनिक गरिएको छ ।

गीतमा कविता धितालको शब्द र राज कुमारको संगीत रहेको छ ।
हाललाई कभर भिडियोका रूपमा सार्वजनिक गरिएको गीतको अधिकारिक म्युजिक भिडियो पनि छायांकन भइसकेको र सो भिडियो पनि चाँडै सार्वजनिक हुने बताइएको छ ।
बाराही म्युजिकले बजार व्यवस्थापन गरेको प्रस्तुत गीत दर्शक श्रोताले मन पराउने आशा व्यक्त गरिएको छ ।
हेरौं भिडियो :https://www.youtube.com/watch?v=t_0iwuMdsiY