०९ साउन २०८३, शनिबार

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी इन्द्रजित राई अब २ महिना १३ दिन जेल बसे पुग्ने

असार ३०, २०८३
काठमाडौं
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी इन्द्रजित राई अब २ महिना १३ दिन जेल बसे पुग्ने

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले तत्कालीन पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई ४ वर्ष कैद र ४० हजार जरिवाना हुने फैसला सुनाए पनि उनी अबको केही महिनामै जेलमुक्त हुने भएका छन्।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले राईलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरे पनि उनी ७५ वर्ष उमेर काटिसकेको 'जेष्ठ नागरिक' भएकाले कानुनबमोजिम सजायमा ७५ प्रतिशत छुट पाएका हुन्।

अदालतको फैसलाअनुसार, ४ वर्षको एकीकृत सजायमा ७५ प्रतिशत छुट पाएपछि र उनले यसअघि नै पुर्पक्षका क्रममा बिताएको समय कट्टा गर्दा अब राईले मात्र २ महिना १३ दिन कैद भुक्तान गरे पुग्नेछ। 

उनले तोकिएको ४० हजार रुपैयाँ जरिवाना समेत तिर्नुपर्ने फैसलामा उल्लेख छ।

salt training

कमेन्ट गर्नुहोस्