
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई एक वर्ष कैद सजाय सुनाएको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार झालाई ठगी उद्योगको कसुरमा दोषी ठहर गर्दै एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।
उनीमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा सक्रिय बिचौलियाका रूपमा काम गरेको अभियोग थियो ।