०५ साउन २०८३, मंगलबार

अर्जेन्टिना १० खेलाडीमा सीमित, खेल अतिरिक्त समयमा धकेलियो

साउन ४, २०८३
काठमाडौं
अर्जेन्टिना १० खेलाडीमा सीमित, खेल अतिरिक्त समयमा धकेलियो

फिफा विश्वकप २०२६ को उपाधिका लागि न्युयोर्क न्युजर्सी स्टेडियममा भइरहेको स्पेन र अर्जेन्टिनाबीचको रोमाञ्चक फाइनल भिडन्त निर्धारित ९० मिनेटको समयमा गोलरहित बराबरीमा टुङ्गिएको छ।

 दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अहिले अतिरिक्त समयमा प्रवेश गरेको हो ।

तर खेलको इन्जुरी समयमा अर्जेन्टिनालाई ठूलो झट्का लागेको छ। मिडफिल्डर एन्जो फर्नान्डेजले ९३औँ मिनेटमा स्पेनका पाउ कुबार्सीलाई 'फाउल' गरेपछि दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका छन्। अब अर्जेन्टिनाले बाँकी समय १० खेलाडीमा सीमित भएर खेल्नुपर्नेछ।
निर्धारित समयको खेलमा स्पेनले पूर्ण रूपमा दबाब कायम गरे पनि गोल भने निकाल्न सकेन। दोस्रो हाफमा स्पेनका निको विलियम्स र फेरान टोरेसले केही राम्रा अवसरहरू पाए पनि अर्जेन्टिनी रक्षापंक्तिले त्यसलाई विफल तुल्याइदिएको थियो। अर्जेन्टिनाले भने आक्रमणमा खासै प्रभाव देखाउन सकेन र तथ्याङ्क अनुसार निर्धारित ९० मिनेटसम्म उसले गोलको एउटा पनि गतिलो अवसर सिर्जना गर्न सकेको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समेत उपस्थिति रहेको यस फाइनलको हाफ-टाइममा म्याडोना, जस्टिन बिबर, शाकिरा र बीटीएस जस्ता विश्वप्रसिद्ध कलाकारहरूले भव्य प्रस्तुति दिएका थिए। 

१० खेलाडीमा खुम्चिएको साविक विजेता अर्जेन्टिना र लयमा रहेको स्पेनबीचको यो प्रतिस्पर्धा अब थप रोमाञ्चक मोडमा पुगेको छ।

salt training

कमेन्ट गर्नुहोस्