
काठमाडौं, १० जेठ - लेखक तथा साहित्यकार गनेस पौडेलको उपन्यास ‘पैताला’ लोकार्पण हुने भएको छ । उपन्यास र काठमाडौंपछि पोखरामा समेत विमोचन हुनेछ ।
पोखरामा बसेर साहित्य सृजना गर्दै आएका साहित्यकार पौडेलले विभिन्न पत्रपत्रिकामा लेख पनि लेख्दै आइरहेका थिए । पौडेल र्याण्डम रिर्डस सोसाइटी, पोखराका परिकल्पनाकार पनि हुन् । ‘शैलीमा उत्तरआधुनिक, विषयवस्तुमा तान्त्रिक एक खोज उपन्यास हो ।’, पौडेलले लोकान्तरलाई बताए ।
बुकहिल प्रकाशनले बजारमा ल्याउन लागेको उक्त कृति आउँदो शनिवार ३ बजे विमोचन हुने कार्यक्रम छ । पोखरामा भने जेठको १५ गते कृतिको बत्तिसपुतलीको शिल्पी थिएटरमा विमोचन गरिनेछ ।
.jpg?1495618120978)