गोल हानेपछि आँखा चिम्म गर्दा नेपालको झण्डा मात्र देखेँ– विशाल राई [भिडियो कुराकानी]

विश्वास खनाल
विश्वास खनाल

खनाल लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल प्रतियोगिता ‘थ्री नेसन्स कप’को उपाधि नेपालले उचाल्यो ।

नेपाल, बंगलादेश र कीर्गिस्तान सहभागी प्रतियोगिताको सोमवार भएको फाइनल भिडन्तमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गरेको थियो ।


Advertisement

त्यसक्रममा नेपालका लागि संजोग राई र विशाल राईले गोल गरे ।

सञ्जोगको गोलबाट लिएको अग्रता विशालले ४१ औं मिनेटमा दोब्बर पारेका थिए, त्यही गोल नेपालको जीतमा निर्णायक बन्न पुग्यो ।


Advertisement

प्रतियोगिता समापन भएको ४ दिनपछि विशालले उक्त खेलमा गोल गर्दाको क्षण र आफ्नो फूटबल करियरबारे कुराकानी गरेका छन् ।

कुराकानीका क्रममा विशालले गोल गरेपछि आँखा चिम्म गर्दा नेपालको झण्डा मात्र देखेको स्मरण गरे ।

धेरै एक्सपोजर पायो भने नेपालले फूटबलमा निकै राम्रो गर्न सक्ने उनको विश्वास छ ।

टाढा पठाउन आमाले गाह्रो मान्दामान्दै पनि विशाल सानैमा झापाबाट कसरी काठमाडौं आए ? यहाँ आएपछि उनका संघर्षका दिन कसरी अगाडि बढे ? भावी दिनका लागि उनका योजना कस्ता छन् ? यी र यस्तै प्रश्नमा विशालको जवाफ सुनौं भिडियोमा : 

विश्वास खनाल
विश्वास खनाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्