फिलिपिन्सको इलोकोस सुर प्रान्तमा रहेको एक समुद्री किनारमा लाखौं रहस्यमय कीराहरू बगेर आइपुगेका छन् ।
त्यसले गर्दा समुद्रमा सफा पानी कालो भएको छ । घटना मार्च ३० साँझ ७ बजेतिर भएको हो ।
कीराहरू नीलो र खैरो रंगका थिए अनि केही मिटरसम्म तटमा छटपटाइरहेका थिए ।
कीरा कम्तीमा १० इन्च लामो छ र त्यसका थुप्रै खुट्टा छन् । लगभग तीन घन्टासम्म देखिएपछि कीरा किनारबाट गायब भए ।
माझीहरूले कीरा आउँदा आफूहरूको जीविका संकटमा पर्न सक्ने आशंका व्यक्त गरेका छन् ।
एक स्थानीय अधिकारीले भने, ‘केही स्थानीयहरूले यी कीरामध्ये केहीलाई समाते अनि हामीले परीक्षणका लागि पठायौं ।’
विशेषज्ञहरूको परीक्षण प्रतिवेदन आइसकेको छैन ।
स्थानीयहरूलाई यी कीरा नछुन भनिएको छ किनकि यसले हानि गर्न सक्ने बताइएको छ ।