२४ असार २०८३, बुधबार

शारीरिक सम्पर्कपछि प्रेमिकाको अनौठो बानीले प्रेमी हैरान, विज्ञसँग मागे राय

चैत २८, २०७७
शारीरिक सम्पर्कपछि प्रेमिकाको अनौठो बानीले प्रेमी हैरान, विज्ञसँग मागे राय

प्रेम सम्बन्धका क्रममा प्रेमीप्रेमिकाबीच कहिलेकाहीँ समस्या आउने गर्छ । तर सबैतिरबाट ठीक रहेकी प्रेमिकाको एउटा बानीका कारण प्रेमी हैरान हुने गरेका छन् ।

प्रेमीप्रेमिकाको पहिचान गोप्य राखेर भारतीय सञ्चारमाध्यम आजतकमा प्रकाशित समाचार अनुसार पछिल्लो ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेका जोडीमा एउटा समस्याले तनाव सिर्जना गरेको छ ।

प्रेमिका राम्री, होनहार र स्मार्ट हुँदाहुँदै पनि उनको एउटा बानी युवकलाई मन परेको छैन । जसले गर्दा उनी हैरान हुने गरेका छन् ।

ती युवकले सुझाव माग्दै लेखेका छन्, ‘मेरी प्रेमिकामा सबै राम्रा बानी छन् तर एउटा बानी मलाई धेरै अनौठो लाग्छ । कुनै पनि काम गरिसकेपछि उनी प्रशंसा सुन्नुका साथसाथै आलोचना सुन्न चाहन्छिन् ।’

खाना बनाउने, गिफ्ट दिने वा कुनै काम गरिसकेपछि उनी धन्यवादका साथै सकारात्मक आलोचनाको पनि अपेक्षा गर्छिन् । ‘प्रेमिकाको काममा कुनै कमी पत्ता लगाउन सकिएन भने उनी रिसाउँछिन्,’ उनले भने, ‘मैले भन्नु पर्छ कि – खाना त राम्रो छ तर आलुमा कुनै स्वाद थिएन । तिम्रो पावर प्वाइन्ट राम्रो थियो तर रंगहरूको प्रयोग सही ढंगले भएको थिएन । यति मात्रै नभई कमीकमजोरी सुन्ने उनको बानी शारीरिक सम्पर्कमा समेत लागू हुन्छ ।’

शारीरिक सम्पर्क गरिसकेपछि त्यसमा भएको कमीकमजोरी प्रेमिकालाई बताउनुपर्ने भएका कारण प्रेमी हैरान छन् । ‘शारीरिक सम्पर्कमा पनि कुनै न कुनै कमी बताउनुपर्छ तर म कुनै कमी देख्दैन,’ उनले भने, ‘अवस्था यस्तो छ कि कमजोरी नऔंल्याउँदा लडाइँ–झगडा शुरू हुन्छ । त्यसैले जबरजस्ती कुनै कमजोरी निकालेर बताउनुपर्छ ।’

ती युवक प्रेमिकाबाट छुट्टिन चाहँदैनन् । तर आलोचना सुन्ने प्रेमिकाको बानीलाई कसरी हटाउने भन्नेबारे समेत उनले कुनै उपाय निकाल्न सकेका छैनन् । 

युवकको समस्याको समाधानबारे स्वास्थ्य विज्ञले लेखेका छन्, ‘आफूमा सुधार ल्याउन प्रेमीको राय लिनु स्वाभाविक र सही हो । तर यो सुधार सम्बन्धलाई सुमधुर बनाउनका लागि हुनुपर्छ, न कि जबरजस्ती ।’

विज्ञले युवकलाई सुझाव दिएका छन्, ‘तपाईं आफ्नी प्रेमिकालाई सम्झाउनुस् कि – जबरजस्ती कमीकमजोरी सुन्ने बानी अनुचित छ, यसकारण म धेरै दबाबमा हुन्छु । तिमीलाई नराम्रो नलागोस् भनेर झूट पनि बोल्नुपर्छ । यदि तपाईंकी प्रेमिका साँच्चिकै कमजोरी सुन्न चाहन्छिन् भने तपाईंले बताएको यो कमजोरी पनि बुझ्ने प्रयास गर्नेछिन् ।’

salt training

कमेन्ट गर्नुहोस्