१० असार २०८३, बुधबार

स्वास्थ्य मापदण्ड अपनाई ‘बिसु’ पर्व मनाउन मुख्यमन्त्री भट्टको आग्रह

बैशाख १, २०७८
स्वास्थ्य मापदण्ड अपनाई ‘बिसु’ पर्व मनाउन मुख्यमन्त्री भट्टको आग्रह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरस संक्रमणको महामारीबाट प्रदेश अझै मुक्त हुन नसकिरहेको अवस्थामा तोकिएका स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई ‘बिसु’ पर्व मनाउन आग्रह गरेका छन् ।
  
‘बिसु’ पर्व तथा नयाँ वर्षको उपलक्ष्यमा प्रदेशबासीलाई बुधवार दिएको सन्देशमा मुख्यमन्त्री भट्टले नयाँ वर्षले प्रदेशबासीका घरघरमा उत्साह, उमङ्ग, उन्नति, प्रगति, सुख शान्ति र समृद्धि छाओस् भन्ने शुभकामना व्यक्त गरे ।

नयाँ वर्ष आरम्भ भएसँगै सुदूरपश्चिम प्रदेशमा मात्र मनाइने ‘बिसु’ पर्व बुधवार उल्लासपूर्वक मनाइँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्