प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णयले तरंगित बनेको राष्ट्रिय राजनीति फेरि सेलाउँदैछ ।
नयाँ सत्ता समीकरणका लागि निर्णायक मानिएको जसपाले समर्थनको छनक नदिएपछि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय अलपत्र जस्तो देखिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रखर वक्ता चन्द्र भण्डारी निर्णय गरेपनि कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना कमजोर बन्दै गइरहेको बताउँछन् ।
लोकान्तर डट्कमसँगको कुराकानीमा भण्डारीले सभापति शेरबहादुर देउवालाई पार्टी भित्रबाटै प्रधानमन्त्री ओलीसँग मिलेको आरोप लागेपछि कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको बताएका छन् ।
परिस्थिति परिपक्व नहुँदै नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय किन गर्यो रु अहिलेको राजनीतिक गतिरोधको निकास के हो ? आगामी भदौमा नेपाली कांग्रेसको महाधिवेशन हुने सम्भावना कति छ ? यी लगायत समसामयिक विषयमा गरिएको कुराकानी हेर्नुस्, भिडियोमा :