0 shares
आज साँझ परेको हावाहुरीसहितको वर्षाका कारण रुख ढलेर अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालन आएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ डुम्रे बजारमा हावाहुरीले शिशौको रुख ढलेर अवरुद्ध भएको राजमार्ग सशस्त्र प्रहरीको सहयोगमा खुलेको हो ।