१३ असार २०८३, शनिबार

सोह्रौं शताब्दीको यो अनौठो वस्तु के होला ? विज्ञहरू नै आश्चर्यमा

असार २४, २०७८
सोह्रौं शताब्दीको यो अनौठो वस्तु के होला ? विज्ञहरू नै आश्चर्यमा

बेलायतमा एक टीभी शोमा एक जोडीले लिएर गएको अनौठो कुरालाई विज्ञहरूले पनि चिन्न सकेनन् । 

प्राचीन वस्तुका विज्ञ रोन्नी आर्चर–मोर्गनले पनि यो के हो भनी पत्ता लगाउन सकेनन् ।  

यो रहस्यमय वस्तु १६औं शताब्दीको बताइएको छ । 

जोडीका अनुसार, विगत ९० वर्षदेखि यो काठको सामान उनीहरूसँग छ तर यसको कस्तो उपयोग हुन्छ भन्ने कसैलाई थाहा छैन । 

महिलाले यो सामान ससुराको भएको तर यसका बारेमा कसैलाई थाहा नभएको बताइन् । यसलाई स्टूलका रूपमा उपयोग गरिन्छ तर यो निकै भारी छ । 

यसलाई जहाजमा उपयोग गरिन्थ्यो जस्तो देखिन्छ । हुन पनि सामान ल्याउने जोडीका पुर्खा मिलफर्ड डकमा काम गर्थे र सन् १९०० मा उनले जहाजमा यात्रा गरेका थिए । 

जहाजमा खानेकुरा पिँध्नका लागि शायद यसको उपयोग गरिन्थ्यो । 
 

salt training

कमेन्ट गर्नुहोस्