
महानतम वैज्ञानिकमध्ये एक अल्बर्ट आइन्स्टाइनलाई डिजिटल पुनर्जन्म गराउन वैज्ञानिकहरू सफल भएका छन् । डिजिटल आइन्स्टाइनको रूपरेखा र आवाज सक्कलीकै जस्तो छ ।
डिजिटल ह्युमन टेक्नोलोजीमा चिरपरिचित तथा मैत्रीपूर्ण अनुहार राख्ने योजना बनेपछि आइन्स्टाइनको प्रतिरूप बनाइएको हो ।
जर्मन लवजमा डिजिटल आइन्स्टाइनले नरम तथा मैत्रीपूर्ण टोनमा बोल्ने गरेको छ ।
प्रयोगकर्ताहरू दैनिक प्रश्नोत्तरमा सहभागी हुन सक्छन् तथा डिजिटल आइन्स्टाइनलाई विज्ञान, उनको जीवन र कामका बारेमा सोध्न सक्छन् ।
आइन्स्टाइनले भौतिकशास्त्रमा सापेक्षतावादको सिद्धान्त प्रतिपादन गरेर स्पेस, समय, गुरुत्वाकर्षण र ब्रह्माण्डको ज्ञानमा परिवर्तन ल्याएका थिए ।
डिजिटल आइन्स्टाइन न्युजील्यान्ड र अस्टिनमा रहेको कम्पनी युनीक्यूले बनाएको हो । आइन्स्टाइनले भौतिकशास्त्रमा नोबेल पुरस्कार पाएको शतवार्षिकीमा डिजिटल अवतार अनावरण गरिएको हो ।