स्पेनकी एक नृत्यांगनाले पानीमुनि कलात्मक डान्स गरेको भिडियो अहिले भाइरल बनिरहेको छ ।
महिलाको नाम एरियाड्ना हाफेज हो । उनी नृत्य निर्देशिका हुन् ।
भिडियो रोयटर्स समाचार संस्थाले शेयर गरेको हो । भिडियोमा उनी पानीभित्र नाचिरहेकी देखिन्छिन् । पानीभित्र पनि उनले किनै कलात्मक नृत्य देखाउँदा धेरैले विश्वास गर्न सकेका थिएनन् ।
नृत्यको भिडियो तीन मिनेटको छ र यसलाई फ्रान्सेली निर्देशक बास्टियन सोलेलले निर्देशन गरेका हुन् ।
एरियाड्नाले आफू अन्डरवाटर मोडल भएको बताइन् । पानीभित्र उनले विभिन्न पोज दिएकी छन् ।
मानिसहरूले यस्तो उम्दा नृत्य कहिले पनि नदेखेको बताए ।
WATCH: Spanish freediver and dancer Ariadna Hafez performs underwater tango pic.twitter.com/59ndKX5NjZ
— Reuters (@Reuters) April 17, 2021