१४ असार २०८३, आइतबार

गर्मी भगाउने गजबको पंखा (भिडियो)

असार २४, २०७८
गर्मी भगाउने गजबको पंखा (भिडियो)

सामाजिक सञ्जालमा अहिले गर्मी भगाउने एउटा विचित्रको पंखाको भिडियो भाइरल बनिरहेको छ । 

पाकिस्तानका गाउँलेहरूले यो जुगाडु पंखा बनाएका हुन् । 

गर्मी भगाउनका लागि गधाको उपयोग गरिएको छ । कुल ५४ सेकेन्डको भिडियोमा केही मानिसहरू खाटमा बसेर कुराकानी गरिरहेको देखिन्छ । चारैतिर मरुभूमि देखिन्छ । 

एउटा डन्डामा दुईवटा कपडा झुण्ड्याइएको छ र गधालाई डण्डामा बाँधिएको छ । गधा हिँड्दा दुवै कपडा घुम्छन् । पंखाको काम गर्छन् । 

भिडियोमा गर्मीको गीत बजेको सुनिन्छ । 

पशुमाथि ज्यादती गरिएको भन्दै केही मानिसले यसको विरोध पनि गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्